फोहोर दाँतले बढाउँछ क्यान्सरको खतरा !

२०७० चैत्र २९ गते, शनिबार


काठमाडौँ । समय-समयमा दातको परीक्षण नगर्दा मुख र घाँटीको क्यान्सरको बढ्रा बढ्ने एक अध्ययनले देखाएको छ । इन्टरनेशनल एजेन्सी फर रिर्सच अन क्यान्सरका अनुसार माउथवाशको अत्याधिक प्रयोग अर्थात् एक दिनमा तीन पटकभन्दा बढीले पनि क्यान्सरको खतरा बढ्नेछ । मुख र घाँटीको क्यान्सरका लागि धुम्रपान, अत्याधिक मदिरापान र गरीबीको मुख्य कारण मान्ने स्थापित धारणा छ । युरोपको नौँ देशमा १९६२ क्यान्सर रोगीमा अध्ययन गरिएको थियो । बिस्सका उपनिर्देशक प्रोफेसर वाल्फर्यासंग ऐरेनले अध्ययनको नतिजालाई महत्वपूण् भनेका छन् । उनले भनेका छन्- ‘अहिलेसम्म यो थाहा थिएन कि दाँतको ब्रि्रँदो कारणले मुख र घाँटीमा क्यान्सरको ज्ञात कारणहरु धुम्रपान, मदिरा र गरीबीभन्दा अलग छ ।’ मुखको खराव अवस्थाको सम्वन्ध ती सबैमा मानिससँग हुन्छ, जसको पूरै वा कम दाँत छ वा गिँजाबाट रत्तश्राव हुन्छ ।’ ग्लोसगो विश्वविद्यालयका डेक्टल स्कुलका वरिष्ठ प्राध्यापक डेविड कानवे नक्कली दातको प्रयोग वा सबै दाँत झरेको छ भन्दैमा दन्त चिकित्सकको जानु आवश्यक छैन भन्नु गलत हुने बताए । अध्ययनकर्ताहरुका अनुसार माउथवाश र क्यान्सरको सम्वन्धबारे थप शोधको आश्वयकता छ ।

प्रतिक्रियाहरु