फोहोरबाट कम्पोष्ट मल बनाउन सुरु

२०७५ जेष्ठ १ गते, मंगलवार

काठमाडौं, १ जेठ । इलाम नगरपालिकाले बजारको फोहोरमैला प्रशोधन गरी प्राङ्गारिक मल बनाउने मेसिनको परीक्षण गरी फोहोरबाट मल बनाउन थालेको छ ।
जिल्लाका विभिन्न स्थानबाट निस्किने फोहोर व्यवस्थित गर्न नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल बनाउने मेसिनको परीक्षण गरी फोहोरमैला प्रशोधन थालेको हो । उक्त मेसिनमा दैनिक सात सयदेखि आठसय किलोसम्म फोहोर पेल्न सकिन्छ । सड्ने र नसड्ने दुबै किसिमको फोहोरबाट प्राङ्गारिक मल बनाइन्छ । मल बनाउन ८० प्रतिशत घर तथा अन्य स्थानबाट निकालिएको फोहोरको आवश्यकता पर्छ भने बाँकी सुख्खा चीज आवश्यक पर्छ ।
प्रशोधित बस्तुलाई ताप र मोइश्चर मिलाएर १० देखि १५ दिनसम्म राखेपछि मल तयार हुन्छ । इलाम नगरपालिकाको ३९ लाख ३५ हजारको लागतमा कम्पोष्ट प्लान्टका लागि भवन, कामदार बस्ने घर, शौचालय, जग्गाको घेराबार गर्नेलगायत काम गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु