फोटो पोष्ट गरी वेश्याबृति

२०७३ मंसिर २१ गते, मंगलवार

काठमाडौं, २१ मंसिर । इरानमा अनलाइनमा फोटो पोष्ट गरी वेश्यावृद्धि बढाएको अभियोगमा फेशन जगतका १२ जनालाई जेल सजायँ सुनाइएको छ । शियाज शहरस्थित अदालतले आठ जना महिला र चार पुरुषलाई पाँच महिनादेखि छ वर्षसम्मको जेल सजायँ सुनाएको हो । उनीहरुलाई फेशनको काम गर्न र दुई वर्षसम्म मुलुक छाड्न प्रतिबन्ध लगाइएको छ । सजायँ सुनाइएकाले भने अभियोग अस्वीकार गर्दै फैसलाविरुद्ध अपील गर्ने बताएका छन् ।
इरानमा यसअघि पनि मोडलहरुले गैर मुश्लिम व्यवहार प्रदर्शन गरेको भन्दै न्यायिक क्षेत्रबाटै यसविरुद्ध कडा अभियान चलाइएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु