फेसबुक ह्याक भो ? यसो गर्नुस्

२०७४ भाद्र १५ गते, बिहीबार

काठमाडौं, १५ भदौ । यदि तपाईको फेसबुक एकाउन्ट कसैले ह्याक गर्‍यो भने के गर्नुहुन्छ रु यसलाई फिर्ता लिन धेरै कठिन छैन । आउनुस्, उपाय थाहा पाउनुस् ।सबैभन्दा पहिले ? मा जानुस् । यहाँ एउटा बटम देखिन्छ जसमा लेखिएको हुन्छ, Your account has been Compromised. यसमा आफ्नो नाम, इमेल र तपाईंको एकाउन्टसित सम्वन्धित फोन नम्बरमध्ये कुनै एकको बारेमा जानकारी दिनुहोस् । facebook-logo त्यस पश्चात तपाईंले आफ्नो एकाउन्ट सर्च गर्नुपर्नेछ । त्यसपछि पासवर्ड फिर्ता लिने काम सुरु गर्नुपर्छ ।
त्यतिबेला खुल्ने पेजमा आफ्नो पुरानो पासवर्ड हालिदिनुस् । जब गलत पासवर्डको म्यासेज आउँछ, त्यसपछि रिसेट पासवर्डको विकल्प छनोट गर्नुस् । ह्याकरले पक्कै तपाईंको इमेल पनि फेरिदियो होला, त्यसैले त्यस इमेलमा आफ्नोबारे जानकारी माग्न सक्नुहुन्न ।
त्यसपछि तपाईंको अगाडिको स्क्रिनमा लेखिएको हुन्छ, No longer have access to these ? त्यसमा क्लीक गर्नुस् । अनि आफ्नो इमेल दिनुहोस्,। जसमा फेसबेकबाट तपाईंलाई लिंक पठाइन्छ र तपाई आफ्नो पासवर्ड रिसेट गर्न सक्नुहुन्छ । तपाई स्क्रिनमा जे(जे गर्न भनिएको हुन्छ, त्यहि गर्नुस् । २४ घन्टाभित्र तपाईंको पासवर्ड फिर्ता हुनेछ । नयाँ पासवर्ड राख्दा त्यसको शब्द, नम्बर र स्पेसन क्यारेक्टरमा ध्यान दिनुहोस्, ताक कसैले अनुमान गर्न नसकुन् ।

प्रतिक्रियाहरु