फेसबुक प्रयोगकर्ताको डाटा चोरी !

२०७४ चैत्र ६ गते, मंगलवार

काठमाडौं,६ चैत । सामाजिक संजाल फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको आशंकापछि विश्वभर तिब्र प्रतिक्रिया आएको छ । यस विषयमा अमेरिका र विभिन्न यूरोपेली मुलकहरुले फेसबुकको गोपनियताका सम्बन्धमा गम्भीर प्रश्न उठाएका छन् । बेलायती प्रधानमन्त्री टेरिजा मेका प्रवक्ताले आरोपलाई निकै गम्भीर भनेका छन् । अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएकोप्रति चिन्ता व्यक्त गर्दै फेसबुकलाई उचित कदम चाल्न भनेका छन् । खबर सार्वजनिक भएलगत्तै फेसबुकको शेयरमा आठ प्रतिशत गिरावट आएको छ । अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने क्याम्ब्रिज एनालिटिकल कम्पनीले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको जानकारी चोरेको आरोप सार्वजनिक भएको छ । फेसबुकले आरोपबारे अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु