फेसबुक दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

२०७५ भाद्र २३ गते, शनिबार

काठमाडौं , २३ भदौ । सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकीलले जानकारी दिएका छन् । बेलायती १९ बर्षीय ती महिला अहिले घर फर्किसकेकी छन् । उनी बिदा मनाउन आएका बेला बलात्कृत भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।
थाइल्याण्डको कोह टाओ प्रहरीलाई पनि घटनाका बारेमा उजुरी आएको तर औपचारिक रुपमा दर्ता भने नभएको जनाइएको छ । अहिले प्रहरी नियन्त्रणमा रहेका १२ जनालाई राजधानी बैङ्ककसहित देशका विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो । ‘उनीहरुले गलत सूचनाहरु आदान प्रदान गरेका थिए, त्यसैले पक्राउ गरिएको हो,’ एक प्रहरी अधिकारीले भने । उनीहरुलाई थाइल्याण्डको कम्युटर अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको ती प्रहरी अधिकारीको भनाई छ । उनीहरु सवैलाई बिहीबार राती प्रतिव्यक्ति ६० हजार भाट धरौटीमा छाडिएको समाचारमा जनाइएको छ । प्रहरीले लगाएको आरोप पुष्टि भएमा उनीहरू सवैले पाँच बर्ष जेल सजाय भोग्नु पर्नेछ । -रासस/एएफपी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार