फेसबुक अपराधको अखडा

२०७१ भाद्र १६ गते, सोमबार

काठमाडौं । साइबर क्राइमको उजुरी बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा साइबर क्राइम हर्ेने शाखामा खडा गरिएको छ । हनुमानढोकाको चौथो तलामा रहेको साइबर क्राइम हेने शाखामा कार्यरत प्रहरी निरीक्षक पशुपति रायलाई अहिले फेसबुकसम्बन्धी गुनासो सुन्न भ्याई नभ्याई छ । प्रहरीका अनुसार पछिल्लो समय समाजिक सञ्जाल फेसबुक अपराधको अखडा बन्न थालेको छ । ट्वीटरसहितका अन्य सामाजिक सञ्जालको तुलनामा फेसबुकमा धेरै नै अपराध बढेको महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकले देखाएको छ ।
फेसबुकबाट अश्लील गालीगलौज गर्ने, अपमानजनक कमेन्ट गर्नेदेखि लिएर अन्य गम्भीर प्रकृतिका अपराधहरु हुने गरेको पाइएको छ । ‘अहिले सोसल मिडियामा हुने क्राइमको संख्या बढेको छ’ महाशाखाका प्रवक्ता भण्डारीले भने- ‘सामाजिक सञ्जालसँग जोडिएर दिनमै आठ/दश वटा उजुरी पर्ने गरेका छन् ।’ भण्डारीका अनुसार फेसबुकमा हुने अपराधबाट बढीजसो महिलाहरु पीडित हुने गरेका छन् । अहिलेसम्म महिलाले पुरुषमाथि यस्तो अपराध गरेको उजुरी एउटा मात्रै परेको छ । महिलाहरुलाई गालीलजौज गर्नदेखि अश्लील तस्वीर र भिडियो फेसबुकमा राख्ने क्रम बढेको एसपी भण्डारीले बताए । पछिल्लो आर्थिक वर्षा प्रहरीमा आएका उजुरीमध्ये १६ जनाविरुद्ध मुद्दा चलाइएको छ ।
जुन पछिल्लो दुइ आर्थिक वर्षो भन्दा बढी हो । २०६८/२०६९ मा तीन र २०६९/७० मा एउटा मात्रै मुद्दा चलाइएको थियो । प्रहरीले गाली गलौज जस्ता उजुरीमा सम्वन्धित व्यक्तिलाई बोलाएर सचेत गराउनेदेखि फेसबुक एकाउन्ट नै बन्द गर्ने गरेको छ । महाशाखामा समाजिक सञ्जालमा हुने अपराध हर्ेर्दै आएका प्रहरी निरीक्षक पशुपति रायले भने- ‘तर, पछिल्लोपटक गम्भीर अपराधका घटनामा बढेकाले मुद्दा नै चलाउँछौं ।’ महाशाखामा उजुरी परेपछि आउने सबैले अन्जानमा यस्तो भएको, आफूलाई फेसबुकका लेख्दा अपराध हुन्छ भन्ने थाहा नभएको भन्ने गरेका छन् । तर, अपराध त अपराध नै हो, कानुन अनुसार कारवाही हुन्छ नै ।
प्रहरी निरीक्षक पशुपति राय फेसबुकलाई हनुमानढोकाको वाल -भित्तो) जस्तै भएको बताउँछन् । ‘हनुमानढोकाको वालमा पोष्टर टाँस्नु भयो भने जो सुकैले जे पनि लेख्न सक्ने भयो । फेसबुक त वर्ल्डवाइड भयो’ उनले भने- ‘त्यसैले फेसबुक चलाउँदा, स्टाटस लेख्दा वा तस्वीरहरु अपलोड गर्दा प्रयोगकर्ताहरुले पनि सोच्नर्ुपर्छ ।’ फेसबुक, टि्वटर आदि चलाउनेहरुलाई एसपी भण्डारीको सुझाव छ- ‘के लेख्दा साइबर क्राइम हुन्छ भन्ने बारेमा पनि जनचेतना आवश्यक छ, मलाई कानून थाहा थिएन भनेर विद्युतीय कारोवार ऐनबाट उम्कन मिल्दैन ।’

प्रतिक्रियाहरु