फेसबुकमा लभ गरेको पुरुष आफ्नै बुढो परेपछि…

२०७२ माघ २४ गते, आईतवार

काठमाडौँ । यस्तो समान्यतः चलचित्रमा मात्र हुने गर्दछ । तर भारतको बरेलीमा जुन घटना भएको छ, त्यो रिल लाइफ होइन रियल लाइफमै हो । भारतको बरेलीको कोतवाली क्षेत्रमा एक युवक र युवती फेसबुकमा साथी बनेका थिए । उनीहरुको मित्रता विस्तारै प्रेममा परिणत भयो । जब उनीबीच भेट भयो तब उनीहरुले छाँगाबाट खसेझैं भए । जुन युवा र युवती फेसबुकमा नक्कली आइडी बनाएर च्याट गरिरहेका थिए उनीहरु श्रीमान् श्रीमती थिए । जब घटना सार्वजनिक भयो तब अहिले उनीहरुको छँदाखाँदाको घर बिग्रने अवस्थामा पुगेको छ । घटना अनुसार बरेलीको मणिनाथ निवासी एक पुरुषले फेसबुकमा एउटी युवतीलाई साथी बन्न रिक्वेस्ट पठाए । युवतीले उनको रिक्वेस्ट स्वीकार गरिन् र दुवैजनाबीच मित्रता बढ्यो । छ महिनासम्म उनीहरु च्याटमा कुराकानी गरिरहे । विस्तारै उनीहरुको सम्बन्ध प्रेममा परिणत भयो । त्यसैले उनीहरुले भेट गर्ने योजना बनाए । उनीहरुले एउटा रेष्टुरेन्टमा भेट गर्ने निर्णय गरे । उनीहरु गत शनिबार आयुब खान चोकस्थित एउटा रेष्टुरेन्टमा भेट गर्ने योजना बनाए । जब निर्धारित समयमा युवती रेष्टुरेन्टमा पुगिन् तब त्यहाँ उनकै श्रीमान बसेका थिए । यो देखेर उनीहरु दुवैको होस–हवास हरायो । पहिला त रेष्टुरेन्टमै हंगामा खडा भयो । त्यसपछि त्यो घरभित्रसमेत प्रवेश भयो । त्यसपछि युवतीले आइतबार मणिपुर प्रहरी कार्यालय पुगिन् । किनभने घटना आयुब खान चोकको थियो । त्यसैले उनीहरुलाई कोतवाली प्रहरी कार्यालय पठाइयो । यद्यपि अहिलेसम्म यो घटना प्रहरीमा दर्ता भइसकेको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार