फेसबुकमा जीवित भन्दा मरेका प्रोफाइलको संख्या धेरै हुने !

२०७६ श्रावण ३२ गते, शनिबार

काठमाडौं, ३२ साउन । इन्टरनेट र प्रविधिको विकासले गर्दा घरमै बसेर मानिसहरुले विश्वका विभिन्न गतिविधि सजिलै थाहा पाउन सक्छन् । प्रविधिले गर्दा मानिसका धेरै काम सहज भएका छन् । आज हामी तपाईलाई सामाजिक सञ्जाल फेसबुक बारे केहि रोचक जानकारी सुनाउदै छौ । सामाजिक सञ्जाल फेसबुकमा आगामी ५० वर्षपछि जीवित भन्दा मरेका व्यक्तिहरुको प्रोफाइलको संख्या धेरै हुने बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनले देखाएको छ । सन् २०७० सम्ममा फेसबुकमा जीवित व्यक्ति भन्दा मरेका व्यक्तिको प्रोफाइलको संख्या बढी हुनेछ । आगामी ५० वर्षपछि फेसबुकमा अहिले भएका २ दशमलब ३ अर्ब प्रयोगकर्ता मध्ये कम्तिमा १ दशमलब ४ अर्ब प्रयोगकर्ता मरिसकेका हुनेछन् ।
यसैबीच, बेलायती साइबर सुरक्षा संस्था एनसीएससीले गरेको अनुसन्धानका अनुसार विश्वमा १२३४५६ एउटै पासवर्ड २ करोड ३० लाख मानिसले प्रयोग गर्ने गरेका छन्। मानिसहरुले १२३४५६ पछि सबैभन्दा धेरै १२३४५६७८९ पासवर्डको प्रयोग गर्ने गरेको र १११११११ पासवर्ड पनि धेरै हुने गरेको छ । यस किसिमको पासवर्ड प्रयोग गर्दा साइबर आक्रमणको शिकार हुने सम्भावना बढी हुन्छ । मानिसहरुले पासवर्ड राख्ने क्रममा फुटबल क्लबको नामबाट पनि धेरै राख्ने गरेका छन् । जसमा लिभरपुल पहिलो र चेल्सी दोस्रो नम्बरमा छन् । साइबर सतर्कताको विषयमा गरिएको अध्ययनमा ४२ प्रतिशत मानिसलाई आफ्नो पैसा चोरी हुने डर थियो भने १५ प्रतिशत मानिसलाई आफ्नो सुरक्षाको अवस्था सही छ भन्ने लागेको पाइएको थियो । यसरी सजिलो पासवर्ड राख्दा तपाईको सम्पूर्ण जानकारी अरुले थाहा पाउन सक्छ वा अरुले थाहा पाएर यसको गलत प्रयोग गर्न सक्छ । त्यसैले तपाईले पासवर्ड सधै ग्राहो राख्नुहोस् । यदि तपाईलाई पासवर्ड याद गर्न ग्राहो हुन्छ भने लेखेर राख्नुस वा पासवर्ड सेभ गर्ने एप प्रयोग गर्नुहोस। गुगलमा पनि तपाईले पासवर्ड राख्न सक्नुहुनेछ । अन्य धेरै एपमा तपाईले आफ्नो पासवर्ड सेभ गरेर राख्न सक्नुहुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु