फेसबुकमाथि दैनिक ६ घण्टा प्रतिवन्ध !

२०७३ चैत्र २४ गते, बिहीबार

काठमाडौं, २४ चैत । बंगलादेश सरकारले फेसबुकमाथि दैनिक ६ घण्टा प्रतिवन्ध लगाउने तयारी गरेको छ । सरकारले रातमा ६ घण्टासम्म फेसबुक ब्लक गर्न लागेको हो । बंगलादेशी समाचारपत्र डेली स्टारका अनुसार मध्यरातदेखि फेसबुक ६ घण्टासम्म बन्द गरिनेछ । खासगरी युवा तथा विद्यार्थीहरुको हितलाई ध्यानमा राख्दै सरकारले यस्तो कदम चाल्न थालेको बताइएको छ ।
पत्रिकाका अनुसार मन्त्रीपरिषदले टेलिकम मन्त्रालयलाई एक पत्र पठाउँदै यस्तो निर्देशन दिइसकेको छ । टेलिकम महाशाखाका सचिव श्याम सुन्दर सिक्दरले सरकारबाट यस्तो पत्र प्राप्त भैसकेको पुष्टी गर्दै यस्तो निर्णयले व्यवसायिक संचारमा असर पार्ने नपार्ने विषयमा मूल्यांकन गरिने बताए ।मन्त्रालयलाई पठाइएको पत्रमा फेसबुले विद्यार्थीहरुलाई असर पारिरहेको र युवाहरुको कार्यक्षमतामा पनि ह्रास ल्याएको उल्लेख छ ।
मन्त्रालयले बंगलादेशको टेलिकम नियामक आयोगलाई यस विषयमा आफ्नो राय पेश गर्न निर्देशन दिएको छ ।
टेलिकम नियामक आयोगले चाहीँ फेसबुकमा प्रतिबन्ध लगाउन नहुने राय दिनसक्ने बताइएको छ । सोसल नेटवर्क प्रतिबन्धित गर्नुको साटो यस विषयमा अभिभावक र शिक्षण संस्थालाई सहभागी गराउनुपर्ने मत उसको छ ।
भाइबर, ह्वाट्सएप जस्ता अन्य सोसल मिडियाहरु भएका कारणले फेसबुक मात्र बन्द गर्दा त्यो निरर्थक हुने र यसरी बन्दा गर्दा उल्टै फेसबुकमा धेरै भर परेका व्यवसायमा पनि असर पर्नसक्ने आयोगको ठम्याई रहेको पत्रकाले उल्लेख गरेको छ ।
आयोगका अनुसार सरकारले रातिमा फेसबुक बन्द गर्नुको साटो अभिभावकले आफ्ना बच्चाबच्चीलाई फेसबुकबाट टाढा राख्नका लागि प्यारेन्टल कन्ट्रोल सफ्टवेयर, सेक्योरिटी सफ्टवेयर तथा प्राइभेसी फिचरको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
बंगलादेशमा सरकारले सोसल मिडियामा अंकुश लगाउने प्रयास गरेको यो पहिलो पटक होइन । सन् २०१२ मा सरकारले २ सय ६० दिनसम्म युट्युब बन्द गराएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार