फेसबुकबाटै पुस्तकालयलाई एक महिनामा एक लाख ६५ हजार सहयोग

२०७३ कार्तिक १० गते, बुधबार

काठमाडौ, १० कात्तिक । विद्यामन्दिर पुस्तकालय बागलुङको संस्थागत विकास अभियानमा फेसबुकका माध्यमबाट सहयोग गर्ने व्यक्तिको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ । अभियान चलाइएको एक महिनाभित्र रु एक लाख ६५ हजार सङ्कलन भएको पुस्तकालयले जनाएको छ । सो अभियानबाट संस्थागत विकास कोष रु दश लाख पुर्‍याउने लक्ष्य रहेको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए ।
पुस्तकालयको विकासका लागि सुरु गरिएको ‘एक व्यक्ति एक हजार’ अभियान पनि फेसबुकबाटै प्रवर्द्धन भइरहेको छ । विसं २००३ मा स्थापित ऐतिहासिक पुस्तकालयका लागि देशविदेशबाट सहयोग प्राप्त भइरहेको छ । ‘फेसबुकबाटै अभियान चलाएपछि धेरैतिरबाट सहयोग प्राप्त भइरहेको छ, विदेशमा रहेका नेपाली पनि अभियानमा जोडिनुभएको छ,’ राजभण्डारीले भने । – रासस

प्रतिक्रियाहरु