फेसबुकद्वारा ई–पेमेन्ट सिस्टम ‘फेसबुक पे’ को सुरुवता

२०७६ मंसिर २ गते, सोमबार

काठमाडौं, २ मंसिर । डिजिटल पेमेन्टको बढ्दो बजारलाई मध्यनजर गर्दै फेसबुकले पनि ई–पेमेन्ट सिस्टम ‘फेसबुक पे’ को सुरुवता गरेको छ । अमेरीकाबाट यसको सुरुवात भएको छ । अमेरिकामा म्यासेन्जर र फेसबुकमा ‘फेसबुक पे’ सुरु भएको जनाइएको छ । भने, विस्तारै यसलाई विश्व व्यापी बनाउने उल्लेख गरिएको छ । फेसबुकका अनुसार पहिलो चरणमा यो सेवा फेसबुक, म्यासेन्जरबाट सुरु गरिएको भएता पनि आगामी दिनमा इन्स्टाग्राम र ह्वाट्सएपमा पनि उपलब्ध हुनेछ । आफ्ना लोकप्रिय सामाजिक सञ्जाल तथा एपमार्फत भुक्तानी सुविधा दिने गरी फेसबुकले यो डिजाइन गरेको हो ।
यसमार्फत पैसा पठाउन तथा पाउन, किनमेल गर्न, गेमको पेमन्ट गर्न, कुनै कार्यक्रमको टिकट काट्न अथवा फण्ड राइजरहरुलाई सहयोग गर्न प्रयोग गर्न सकिने जनाइएको छ । फेसबुकका अनुसार यो सेवा फेसबुकको क्यालिब्रा वालेट र लीब्रा नेटवर्क भन्दा अलग हुनेछ । यो सेवा हाल फेसबुक तथा म्यासेन्जरेको सेटिङमा उपलब्ध छ । जसले धेरै जसो डेबिट तथा क्रेडिटकार्ड सपोर्ट गर्ने जनाइएको छ । फेसबुकको ई-पेमेन्टबाट पे–पाल अकाउण्टमा समेत पैसा पठाउन र पाउन सिकने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु