फुजेल प्रकरणःक्रान्तिका उपलब्धिहरुलाई कुल्चने कार्य – हस्तवहादुर के.सी.

२०७१ बैशाख ६ गते, शनिबार

महान १० बर्षो जनयुद्धकालिन अबस्थामा फासिबादी सत्ता चलाईरहेका तत्कालिन अबस्थामा नेकपा -माओबादी) का नेताहरुको टाउकाको मूल्य तोकेर नरसंहार मच्याउदै दशौ हजार नेपाली आमाका असल र आँटि छोराछोरीहरुको हत्या समेत गरि सकेका नेपाली काँग्रेस र नेकपा -एमाले )अहिले कथित दोश्रो संबिधानसभाको निर्बाचनबाट पनः सत्तासिन बन्ने बित्तिकै फुजेल प्रकरणलाई आधार बनाएर नेपाली क्रान्तिका उपलब्धिहरुलाई मार्ने र नेपाली क्रान्तिलाई समाप्त पार्ने षडयन्त्र मुलक योजनाका साथ अगाडी बढिरहेका छन् । चालु संसदको बैठकमा द्धन्द्धकालिन मुद्धाहरुलाई समाधान गर्ने उद्धेश्यका साथ सत्य निरुपण तथा मेलमिलाप आयोग दर्ता गरि सकेको अबस्थामा फुजेल प्रकरणका आरोपीका नाममा १३ जनालाई र्सबस्वसहित आजिवन काराबासको सजाय सहितको मागदावी सहित भारतीय बिस्तारबादको नेपाली कांग्रेस र एमालेको कठपुतली सरकारले मुद्धा दर्ता गर्नु नै महान नेपाली क्रान्तिका उपलब्धीहरुलाई मार्ने, १० बर्षो द्धन्दकालिन अबस्थाका मुद्धाहरुलाई उठाएर माओबादीका नेता कार्यकर्ताहरुलाई जेलमा हाल्दै उनिहरुलाई हेगसम्म पुर्याउने योजनाको शुरुवातको रुपमा फुजेल हत्याकाण्डको चालु प्रकरणलाई लिन सकिन्छ र यो नै पहिलो प्रमाण पनि हो ।
महान १० बर्षो जनयुद्ध एउटा उथलपुथलकारी परिघटना थियो । १० बर्षो जनयुद्ध भिषण बर्ग युद्ध थियो । त्यस युद्धले नेपाली धर्तिलाई मात्र होईन् बिश्व धर्तीलाई नै एकपटक राम्ररी झकझक्याएको थियो । त्यसैले आम नेपाली शोषित पिडित जनसमुदाय र र्सबहाराबर्गलाई क्रान्तिप्रतिको आशा र बिश्वास पैदा गरिदिएको थियो र बिश्वका भाईचाराहरुलाई समेत क्रान्तिप्रतिको आकषिर्त र विस्वस्त तुल्याएको थियो । त्यतिमात्र नभएर महान १० वषिर्य जनयुद्ध प्रक्रियाको अन्तरगत नेपाली क्रान्तिका निम्ती आधार्रर् इलाकाहरु निर्माण गरिएका थिए । जनसत्ता र जनअदालत हरु पनर्माण गरेर संचालनमा ल्याइएको थियो । जन सरकारहरु निर्माण गरेर पुरानो प्रतिक्रियावादी सत्ताका विरुद्ध समानान्तर सरकारसमेत चलाईएको थियो । तत्कालिन पुराना प्रतिक्रियावादिहरुको पुरानो सत्ताले गाँउ छोडेर जिल्ला सदरमुकामहरु र राजाधानी काठमाण्डौमा थुप्रिन वाध्य भएका थिए । गाँउका जाली फटाहा साहु सामन्त र जनहत्याराहरु गाँउवाट भागेर देशभित्रै आन्तरिक शरणार्थीका रुपमा जिल्ला सदरमुकामहरु र राजधानी काठमाण्डौ थुप्रिन वाध्य भएका थिए । पुराना सत्ताका स्थानिय निकायका प्रतिनिधीहरु गाँउ छोडेर भागेका थिए र अहिलेसम्म पुनः फर्किन सकिरहेका छैनन् । यसरी १० वर्षो महान जनयुद्धको प्रक्रिया अर्न्तर्गत नेकपा माओवादिले मुलुकको ८० प्रतिशत भुभाग आफ्नो कव्जामा लिइसकेको थियो ।
यी नेपाली क्रान्तिका महान उपलव्धिहरुवाट अत्तालिएका तत्कालिन अवस्थामा पुरानो प्रतिक्रियावादि तथा फासीवाद सत्ता सञ्चालन गरिरहेका नेपाली काँगे्रस र नेकपा -एमालेले) महान जनयुद्धसंग नेपाली क्रान्तिलाई समाप्त पार्ने उद्देश्यले जनयुद्धलाई आधार वनाएर संकटकालको घोषणा गरेर देशव्यापी रुपमा तत्कालिन शाही नेपाली सेना परिचालन गरेको थियो । माओवादिका नेताहरुको मुल्य टाउको को तोकेका थिए । साम्राज्यवादि तथा विस्तारवादिहरुवाट नाईट भिजन हेलिकोप्टर र हतियार ल्याएका थिए । माओवादिका विरुद्ध रेडकर्ण्रानोटिस जारी गरीएको थियो र नेपाली आमाका १० औँ हजार अशल र आँटीला छोराछोरीको निर्ममतापुवक हत्या गरेर देशव्यापी रुपमा स्वयत आतंक मच्चाएर नेपालका नदिनालाहरुमा पानी मात्र वगेको थिएन रगत समेत वगेको थियो, वगाईएको थियो । हजारौलाई वेपत्ता पारिएको थियो र र्घाईते र अपांग समेत तुल्याईएको थियो ।
आज पुनः त्यही मुलुकमा संकटकाल लगाएर देशव्यापीरुपमा सेना परिचालन गरेर देशव्यापीरुपमा नरसंहार मच्चाउने, माओवादिका नेताहरुको टाउकाको मुल्य तोक्ने र आतंककारीको विल्ला भिराएर रेडकर्ण्ानोटिस जारी गर्न लगाउन,े नेपाली काँगे्रस र नेकपा एमाले पुनः सत्तामा आशिन हुन पुग्नेे वित्तिकै १२ वुदे समझदारि, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान २०६३ र शान्ति प्रक्रियालाई तार्किक निश्कर्षा पुर्याउने उद्देश्यका साथ राजनितिक दलहरुका विचमा सम्पन्न गरिएका सहमति र सम्झौताहरुको घोर उल्लंघन गर्दै अहिले फुजेल हत्या प्रकरणका घटनालाई आधार वनाएर द्धन्द्धकालिन मुद्धाहरुलाई व्युताउने र चालु शान्ति प्रक्रियालाई पुण्ारुपमा भाँडेर नेपाली क्रान्तिका सम्पर्ुण्ा उपलव्धिहरुलाई ध्वस्त पार्ने षडयन्त्रमुलक योजनाका साथ अगाडी वढिरहेका छन । यी सवै क्रियाकलापहरु काँगे्रस र एमाले भारतीय विस्तारवादको निर्देशन र सुरुदेखी नै नेपाली क्रान्तिलाई समाप्त पार्ने उद्देश्यले भारतीय विस्तारवादले नेपालमा विभिन्न रुपरंगका दलालहरुलाई निर्माण गर्दै र परिचालन समेत गर्दै आएको छ ।
काँगे्रस र एमाले अहिले भारतिय विस्तारवादका परिमार्जित दलाल हुन । भारतिय विस्तारवादका वफादार नोकर चाकर र अरौटे भरौटेसमेत हुन । यिनीहरु आफ्नै तागत र योजना वमोजिम चल्न सक्तैनन् ।
कांग्रेस र एमालेहरु यत्ति छिट्टै किन मात्तिन पुगे त भन्ने प्रश्न पनि उठ्ने गरेका छन यसका पछाडिको मुख्य कारण एमाओवादी नै रहन गएको छ । दश वर्षो जनयुद्धको नेतृत्व समेत गरेका प्रचण्ड वावुराममा जुन वैचारिक रानितिक विचलन आयो र साम्राज्यवादी तथा विस्तारवादीहरुका सामु लमपसार परेर आत्मर्समर्पण गर्दै प्रतिक्रिया वादीहरुको क्याम्पमा सामेल भएर नेपाली क्रान्ति र जनतालाई धोका दिदै जुन समग्र नेपाली क्रान्ति प्रति गम्भिर प्रकारको गद्दारी गर्न पुगे । उनीहरुलाई सत्तामा पुर्याउने दिने प्रलोभन देखाएर साम्रज्यवादी तथा विस्तारवादीहरुले प्रचण्ड बबवुरामहरुलाई आधार इलाकाहरु, जनसत्ता र जनअदालतहरु तथा जनसरकार हरुको खारेज गराउन लगाए । जनमुक्ति सेनाको विघटन गराउन लगाए । क्यान्टोन्मेन्टमा कन्टेनरमा राखिएका हतियारहरु प्रतिक्रियावादी सरकारलाई बुझाउन लगाए । भारत सीत राष्ट्रघाती विप्पा सम्झौता गराउन लगाएर पार्टीीभत्रका क्रान्तिकारी सहयोध्दा हरुलाई पाखा लगाएर नेकपा माओवादी को पुनः गठन गर्न वाध्य तुल्याएर र सबै प्रकारले नाङ्गै भइसके पछी कथित दोस्रो संविधानसभाको निवार्चनमा आफ्नै कमाडीङमा ६२ हजार सेना परिचालन गरेर दर्ुइ तिहाई बहुमत ल्याउने गुड्डी हाक्दै एमाओवादी कथित निवार्चनमा होमियो तर उसको शर्मनाक हार हुन पुगेपछी का्रग्रेस एमाले हरु उफ्रदै सत्तामा पुगेका हुन। उनीहरुलाई यो मौका एमाओवादी ले नै दिलाएको हो । किनकी गोलमेच सभा मार्फ त्यतिखेर नेकपा माओवादीले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चा पनि निवार्चनमा सहभागी हुन चाहेको थियो । त्यस मोर्चालाई चुनावमा सहभागी गराउने वातावरण मिलाएको भए कांग्रेस एमालेको सरकार वनाउने ताकत नै थिएन । त्यतिखेर वार्ता भाडेर माओवादी सहितको ३३ दलिय मोर्चा लाई पन्छाएर आफूमात्रै सत्तामा पुग्ने प्रचण्ड वावुरामको घमण्ड र अंहकारका कारण उसको उक्त कथित निर्वाचनमा शर्मनाक हार भयो र कांगे्रस एमाले ले सत्तामा पुग्ने मौका पाए । एमाओवादीले अर्थात प्रचण्ड वावुरामले शान्ती प्रक्रियामा प्रवेश गर्ने प्रक्रिया संगै यथास्थितिवादी एवं प्रतिक्रियावादी शक्तिहरु सित पटक पटक संझौता गर्दै आएकै कारण कांगे्रस एमालेेले मौका पाएका हुन र एमाओवादीलाई कम्जोर बनाइ सकेपछी अहिले द्वन्द्वकाल मुद्धाहरुलाई व्यूताएर नेपाली क्रान्तिका जराहरु काट्ने योजनामा उनीहरु तल्लीन भएका छन तर कांगे्रस र एमालेहरुलाई यो कुरा सम्भव छैन । एमाओवादीले सत्ता वार्गेनिङका निम्ति यस प्रकारका घटनाहरुलाई आधार वनाउदै आएको छ । त्यसकारण उसको कुनै ठेगना छैन । तर नेकपा-माओवादीले त्यति सजिलै कांग्रेस एमालेहरुलाई द्वन्द्वकाल मुद्धाहरुलाई व्यूताएर उनीहरुको स्वार्थ पुरा गर्न दिने वाला छैन । उसले कांगे्रस एमालेहरु यही तरिकाले अगाडि बढे महान दफा बढी जनयुद्धहरुका प्रक्रिया अर्न्तर्गत जनसत्ताहरुलाई व्यूताएर ठेगान लगाउने निर्ण्र्
गरिसकेको छ र केन्द्रदेखी स्थानीय तहहरुसम्ममा जनसमितिहरु पनि निर्माण गरि रहेको छ । पुनः एकपटक संर्घष्ाको आधिबेरी सृष्टि गर्ने योजना माओवादीले वनाइ सकेको छ । यि सबै राष्ट्रका समस्याहरु समाधान गर्नको निम्ति कथित संविधान सभाको औचित्य समाप्त भइसकेकाले अव नेकपा-माओवादीले अगाडि सार्दै आएको गोलमेच सभा, संविधान सभाको विघटन, कठपुतली सरकारको विघटन, राष्ट्रिय सहमतिको सरकारको निर्माणको विकल्प छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु