फिस फेष्टिभल सुरु

२०७३ बैशाख १७ गते, शुक्रबार

काठमाडौ, १७ बैशाख । ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔं’ भन्ने मूल नाराका साथ आज देखि बेगनास तालको मन्दरेपार्कमा फिस फेष्टिभलको हुने भएको छ । फेष्टिभल तीन दिन सम्म चल्नेछ । महोत्सवमा माछा तथा खानाका स्टलहरु, माछाका परिकार बनाउने तालीम, माछा, मह, कफी र जडिबुटीको प्रदर्शनी लगायतको करिव २५ वटा स्टलहरु रहने आयोजक होटल तथा रेष्टुरेन्ट एशोसिएसन अफ लेखनाथले जनाएको छ । स्थानीय साँस्कृतिक कार्यक्रमहरुका साथै लोकदोहरी र पप कन्सर्ट फेष्टिभलको मूख्य आकर्षण रहनेछ ।
स्थानीय भेषभूषा र झाँकी प्रदर्शन, खुल्ला पौडी र माछा मार्ने प्रतियोगिता र तालहरुमा माछाका भुराहरु छाड्ने कार्यक्रमहरु फेष्टिभलको थप आकर्षणहरु रहनेछ । फेष्टिभलका लागि लेखनाथको बेगनास, रुपाताल र दिपाङ तालका स्थानीय माछाहरुका परिकार र प्रदर्शनी गरिने आयोजकले बताएको छ ।

प्रतिक्रियाहरु