फिरौती नपाएपछि पत्रकारको हत्या

२०७१ भाद्र ६ गते, शुक्रबार

न्युयोर्क, ६ भदौ । इराकको लडाकु संगठन ईस्लामिक स्टेट आईएसले फिरौती बापतको रकम नपाएपछि एक अमेरिकी पत्रकारको हत्या गरेको रहस्य सार्वजनिक भएको छ ।
इस्लामिक स्टेटले पत्रकार जेम्स फोलेको रिहाईका लागि करिब ८ करोड पाउण्ड अर्थात ८ अर्ब रुपैयाँमा मागेको अन्तर्राष्ट्रियसञ्चार माध्यमहरुले जनाएका छन् ।
सन् २०१२ को अन्त्यतिर सिरियाबाट अपहरणमा परेका पत्रकार फोलेको केहि दिनअघि हत्या गरेको भिडियो अनलाइनमार्फत आईएसले सार्वजनिक गरेको थियो ।
फोले एएफपी, अमेरिकन ग्लोबल पोष्ट लगायतमा फ्रिल्यान्सर पत्रकारको रुपमा कार्यरत थिए । अमेरिकाले आफूहरुविरुद्ध गरेको हवाई कारवाहीको बदलास्वरुप ती पत्रकारको हत्या गरेको आईएसले बताएको छ । यसैबीच अमेरिकाले यस घटनाको अपराधिक जाँच गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु