‘फिडेल क्यास्ट्रो नेपालका असल मित्र थिए ‘

२०७३ मंसिर २३ गते, बिहीबार

काठमाडाँै । क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रो नेपालका असल मित्र भएको उनीसँग वार्तालाप गर्ने अबसर पाएका व्यक्तिहरुले बताएको बताएका छन् । साम्राज्यवाद विरोधी मञ्च, नेपालले बुधबार काठमडौँको संवाद डबलीमा आयोजना गरेको ‘फिडेल क्यास्ट्रो र योगदानहरु तथा श्रद्धाञ्जली’ कार्यक्रममा बोल्दै उनीहरुले क्यास्ट्रोसँग भेट गर्दाका अनुभूति, क्युबाली क्रान्ति र नेपाल लिनु पर्ने शिक्षाबारे अनुभूति र धारणा राखेका थिए ।
प्राध्यायपक माणिकलाल श्रेष्ठले फिडेल क्यास्ट्रोलाई क्युबाको मात्र नभएर तेस्रो विश्वका देशकै नेताको रुपमा आफूले लिएको बताए । ‘चर्को गर्मी थियो, धेरै नेताहरु मंचमा हुनुहुन्थ्यो, मैले क्यास्ट्रोलाई हेरे देखिन, आउनु भएन भन्ने लाग्यो । केही समयपछि एउटा ठूलो जुलुस आयो । जुलुसको नेतृत्वन क्यास्ट्रोले गरिरहनु भएको थियो’ श्रेष्ठले अनुभूति सुनाउँदै भने । साना नेताहरु मंचलमा बस्ने र मुख्य नेता जुलुसको नेतृत्व गरेको आफूले क्यास्ट्रोलाई मात्र देखेको उनले बताए ।
क्युबले तेस्रो विश्वका देशहरु सहभागी हुने गरी आयोजना गरेको ‘वर्ड इकोनमिक्स’ कार्यक्रमको उद्घाटनमा चर्को गर्मी भएको र क्यास्ट्रले आफ्नो टोपी लगाइदिएको सुनाए ।
कार्यक्रमकै क्रममा अनौपचारिक रुपमा भएको वार्तालापको क्रममा क्यास्ट्रोले नेपालबाट डाक्टरहरु विदेश पलायन हुने गरेको सुनेको बताउँदै देशको माया नभएकाहरुलाई जान दिनु भन्ने सुझाव समेत दिएको श्रेष्ठले सुनाए । ‘तपाईँको देशमा पनि डाक्टरहरुले विदेश जाने गरेको सुनेको छु । देशको माया नभएकाहरुलाई रोक्नु हुँदैन र राख्नु पनि हुँदैन । हाम्रो देशमा पनि एक जनासमेत बाँकी नराखेर अमेरिकाले लिएको थियो तर अहिले हामीले धेरै विकास गरेका छौँ’ क्यास्ट्रोले भनेको श्रेष्ठले बताए ।
कुराकानीको क्रममा क्रान्ति गर्नु सम्पन्न गर्नुभन्दा पहिले क्युबालाई विदेशीले कोलोनी बनाएको भन्दै नेपाललाई पनि ‘सेमी कोलोनी’ बनाएको क्यास्ट्रोले बताएको श्रेष्ठले जानकारी दिए ।
वाम आन्दोलनका अगुवा विष्णुबहादुर मानन्धरले सन् १९६९ अन्तर्राष्ट्रय कम्युनिष्ट सम्मेलनको क्रममा मस्कोमा क्यास्ट्रोलाई भेटेका थिए । मानन्धरले क्यास्ट्रोले कुशलतापूर्वक क्रान्ति सम्पन्न र उपलब्धीलाई संस्थागत गरेको बताए । उनी अत्यन्तै सरल र कुलश राजनीतिक व्यवस्थापक भएको समेत आफूले पाएको अनुभूति सुनाए । क्यास्ट्रोले आफ्नो जीवन भन्दा जनताको जीवन ठूलो मानेर साम्राज्यवादविरुद्ध लडेको बताए ।
वामपन्थी नेता ठाकुर शर्माले सन् १९८५ मा क्युबाले आयोजना गरेको अन्तर्राष्ट्रिय विद्यार्थी फेड्रेशनको १५ महाधिवेशन क्रममा क्युबामा नै भेटेका थिए ।
महाधिवेशनको उद्घाटनमा क्यास्ट्रोले चार घण्टासम्म भाषणमा सुरुदेखि अन्तसम्म सहभागीहरुलाई जुरुक्क उठाएको अनुभूति सुनाए ।
शर्माले १० दिनसम्म रहँदा तीन ओटा फरकफरक कार्यक्रममा क्यास्ट्रोसँगै विचारआदान प्रदान गर्ने अवसर पाएको बताउदै अर्का क्रान्तिकारी नेता चे ग्यवेरासहित रात्री भोजमा सहभागी भएका अनुभूति पनि सुनाएका थिए ।
क्यास्ट्रोसहितका नेताहरु सामान्य किसानको बारीमा गएर काम गर्ने गरेको आफूले देखेको शर्माले बताए । शर्माले अनुभूति सुनाउदै भने, ‘महाधिवेशनका सहभागीबाट आफू सिक्न आएको भनेर सबैका कुरा सुनेर बस्नुभयो, कुरा ध्यानपूर्व सुन्ने बानी रहेछ,’ ‘निर्णय गरेपछि कार्यान्वयन गर्ने र संघर्ष गरेपछि मर्न तयार हुने स्वभाव भएको हामीले क्युबामा रहँदा पाएका थियौँ ।’
कार्यक्रममा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले फिडेल क्यास्ट्रो साम्राज्यवाद विरोधी आन्दोलनको शिर्ष नेत भएको बताए । क्यास्ट्रोको निधनले साम्राज्यवादविरोधी आन्दोलनलाई क्षति पुगेको बताए ।
श्रेष्ठले मस्कोमा १९९८ मा भेट हुँदा आफूले नेपाली टोपी लगाएको देखेर क्यास्ट्रो खुशी भएर आफूसँग हात मिलाउन आएको बताए । ‘साना देशको पीडा र समस्या बुझेका कारण क्यास्ट्रोले नेपाललाई सारै माया गर्नुहुन्थ्यो । उहाँ क्युबाको मात्र नेता होइन संसारकै नेता हो, संसारको सबैभन्दा लामो नाकाबन्दीलाई असफल पारेर सर्वहारा वर्गलाई साम्राज्यवादको अगाडि नझुक्ने प्रेरणा दिनुभयोे’ श्रेष्ठले भने ।
‘नेपालमा भएका परिवर्तनको नेतृत्व गर्ने नेताहरुले क्रान्तिको बेला बोलेको कुरामा प्रतिबद्ध रहन सक्नु भएन, भूराजनीति, प्रविधिको विकास राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिलाई देखाउँदै साम्राज्यवादको पछिपछि लाग्नुभयो तर क्यास्ट्रोले भने क्रान्तिमा बोलेको कुरामा अन्तिम अवस्थासम्म पनि प्रतिवद्ध रहनु भयो’ श्रेष्ठले क्यास्ट्रोको जीवनमाथि चर्चा गर्दै भने ।
कार्यक्रममा राजनीतिशास्त्री प्रा.डा. गोपाल सिवाकोटी क्यास्ट्रोले सुर्ती र उँखुको देश क्युबालाई विश्यको उत्कृष्ट देश बनाएको भन्दै यसबाट पाठ सिक्नुपर्ने बताए ।
समाजवाद तथा क्यास्ट्रोलाई नजिकबाट अध्ययन गरेका चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्की, पत्रकार तथा लेखक राजेन्द्र महर्जन, आयोजक मञ्चका अध्यक्ष नरेन्द्रजंग पीटर, निभा शाहलगायतका बक्ताहरुले विश्व राजनीतिमा फिडेल क्यास्ट्रो भूमिका, क्युबाको क्रान्ति र नेपालले सिक्नुपर्ने शिक्षा, साम्राज्यवाद–उपनिवेशवाद विरोधी आन्दोलनमा क्यास्ट्रोले गरेको नेतृत्वको चर्चा गरेका थिए ।

प्रतिक्रियाहरु