प्रेम र विवाह : दुई आत्माको मिलन

२०७६ भाद्र २३ गते, सोमबार

प्रेम र विवाह समस्त जीवनका लागि अपरिहार्य विषय हो . जुन मानिसले जीवनमा एक पटक पे्रम गर्दैन र वैवाहिक जीवनमा बाँधिदैन त्यो मानिसको जीवन अपूर्ण मानिन्छ । दुई आत्माको मिलन प्रेम हो भने सँगसँगै जीवन विताएर घरजम गर्नुलाई विवाह भन्ने बुझिन्छ । वर्तमान संसारमा प्रेम र विवाहमा एथेष्ट सकारात्मक र केही नकारात्मक उदाहरणहरु नभएको होइन तथापी जीवनमा एक पटक प्रेम र विवाह गर्नु सम्पूर्ण मानव जीवनको कर्तव्य हो । वास्तविक प्रेम शारीरिक आकर्षण होइन बरु प्रियको एउटा झझल्को मात्र हेर्न खोज्ने गुलाफी ब्याकुलता हो र सँगै बसेर दुई मुटु साट्ने चाहना प्रेम हो । तर, विवाह वासना पनि हो । विवाह गरीसकेपछि विवाहित जोडिलाई यौन सम्बन्ध राख्न खुला छोड्नु वर्तमान समाजको यथार्थता हो । तर प्रेममा यौनको उपयोग गर्नु समाजबाटै वहिस्कृत हुनु हो । जब कुनै पनि युगल जोडी प्रेम गर्दछन् भने ती दुई विवाह गरेर यौन संसारमा रमाउन सक्दछन् । यो वर्तमानको यथार्थता हो ।
वर्तमान विश्वमा दुईवटा विवाह प्रचलित देखिन्छ । एउटा प्रेम विवाह र अर्को मागी विवाह । मागी विवाहभन्दा प्रेम विवाह नै उचित भएको कुरा बुद्धिजीवि र प्रेमका पारखीहरु बताउँदछन् । प्रेम विवाहमा प्रेमी वा प्रेमिकाको भावना, चाहना र बानी व्यवहार राम्रोसँग परिचित हुने हुँदा जीवन विताउन सजिलो हुन्छ । केही समय प्रेम गरेर उक्त युगल जोडी विवाहमा बाधिनुनै श्रेयकर हुन्छ । मागी विवाहमा प्रेमी वा प्रेमिका वा भविष्यका श्रीमान श्रीमतीबीच एक अर्कोलाई बुझ्ने समय नपाइने र यसमा अविभावकको बढी भूमिका रहने हुँदा मागी विवाह वर्तमान समाजमा लोप हुँदै गएको छ । सबैभन्दा उचित त प्रेममा परेका युगल जोडी आफ्ना अविभावकहरुको समेत सहमतिमा विवाह बन्धनमा बाँधिनु उचित हुन्छ ।
कुनै बेला परिवार र समाजको स्वीकृति विना अर्थात् प्रेम विवाह गरिदा समाजमा नौलो घटना हुन्थ्यो । तर अहिले विशुद्ध मागी विवाह चाहिँ नौलो घटना र विषय बन्न थालेको छ । पछिल्लो समयमा प्रेम विवाह फष्टाएको छ । उत्पादन प्रणाली र शिक्षाको कारणले प्रेम विवाह फस्टाएको हो । यो पनि सकारात्मक परिवर्तन नै हो । विवाह अघि नै एक अर्का बीच सबै विषयमा संवाद र सम्झौता हुने भएकोले प्रेम विवाह पछिको युगल जोडी सम्बन्ध र संवाद शुन्य देखि सुरु गर्दा कतिपय अवस्थामा समस्या पनि आउने भएकोले मागी भन्दा प्रेम विवाह उपयुक्त हो ।
वर्तमान विश्वमा आजका युवायुवतीहरु प्रेम गर्नुको उद्देश्य रमाइलो, मनोरञ्जन र अन्ततः विवाह रहेको सगर्व बताउँदछन् । प्रेम त रोमाञ्चक हुन्छ नै, प्रेम विवाह पनि धेरै हदसम्म सुखी र आनन्दायक वैवाहिक जीवनका लागि उत्तम मानिएको छ । रुप र धन हेरेर गरिएको विवाह पूर्ण सफल हुन नसकेको उदाहरण हामी देख्दछौं । विवाहमा महत्वपूर्ण कुरा भनेको असल गुण, अध्ययन, इज्जत, सम्पत्ति आदि हो । विवाह गर्दा धेरै विचार पु¥याएर, सोचेर सबै कुरा नापितौली गरेर आफ्नो जीवन साथी रोज्नु पर्दछ । विवाह मूलतः जीवनमा एकपटक गर्ने हो तसर्थ आपूmले विवाह गर्ने युवक वा युवती धेरै नै विचार गरेर छान्नुपर्दछ । तब मात्र वैवाहिक जीवन सफल हुन सक्दछ । आपूmले रोजेर खोजेर गरेको विवाहलाई सुखद दाम्पत्य जीवनमा परिणत गर्न पारस्परिक प्रेम र विश्वासमा निरन्तरता पनि आवश्यकता छ । त्यसैले विवाहपूर्वको प्रेम र विश्वासलाई विवाह पछिको व्यवहारिक जीवनमा पनि लागू गर्नु पर्दछ ।
वर्तमान विश्वमा विवाह भड्किलो बन्दै गएको छ । हालै मात्र बेलायतका राजकुमार अर्बौंको खर्च गरेर आफ्नो विवाह धुमधामका साथ सम्पन्न गरेको छन् । हुनेले त देखाउने तर नहुनेले के देखाउने तसर्थ विवाह भड्किलो भएकोले आर्थिक अवस्थाले विपन्न विश्व बासिमा ठूलो चिन्ताको विषय बनेको छ । विवाह सम्पन्नशालीको भड्किलो प्रर्दशन होइन, दुई आत्माको जीवन भर मिलन गराउने एक उत्तम प्रकृया हो तसर्थ विवाह आफ्नो गच्छे अनुसार हुनुपर्दछ । धेरै खर्च गरेर गरिएको विवाह राम्रो होइन, युगल जोडीको मन मिलेर गरिएको विवाह उत्तम हो । हामीले दाइजो प्रथाको पनि विपक्षमा आपूmलाई उभ्याउनु पर्दछ । नारीलाई दाइजोको होइन, अंश र शिक्षाको आवश्यकता छ, जस्ले उनीहरु सुखी र आफ्नो क्षमताको आधारमा उच्चताको साथ आफ्नो जीवन व्यति गर्न पाउन् । प्रेम र विवाह एक अर्काका परिपुरक हुन् । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गरेर सुखी जीवन बिताउनु नै विश्वबासिको चाहना हो ।
– मिलन आफन्त ‘शितल’

प्रतिक्रियाहरु