प्रेमको जनमत गरौ – शोभा गजुरेल

२०७३ कार्तिक ३ गते, बुधबार

एउटा आत्माको अपुरो मिलन यो जति दर्दनाक घाउ अरु कुनै हुदैन होला , न यसलाई किमो दिन सकिन्छ, न चिरफार गर्न नै सम्भब हुन्छ । यो जटिल क्यान्सर हो । प्रेम यसले मानिसलाई जिउदै जलाउछ । त्यो आगोको ज्वाला भित्र जलेको मानिस न बच्न सक्छ न मृत्यु अगालन सक्छ । सरिर जलाउने आगो त अरुले पनि देख्छन , निभाइदिने कोसिश गर्छन , उसलाई अस्पतालसम्म पुर्याई देलान तर यो अपुरो प्रेममा जलेको आत्मालाई बाहिरबाट कसैले देख्दैन। न त्यसलाई निभाइदिने कसैले कोसिश गरिदिन्छ , न त अस्पताल नै लग्न कसैले मद्दत नै गर्छ । न त्यो जलेको मुटु फेर्ने डाक्टर नै जन्मिएको छ । हो आज यो समाज यस्तै धेरै धोखाहरुको अनगिन्ती तारहरुले जेलीएको छ । जहाँ प्रेम गर्नेहरु ताड्पियर त्यहि जालोमा बेरिएका छन् । त्यसलाई न आफु फोडेर निस्कन सक्छन , न अरुको सहायता नै पाउछन् । पबित्र प्रेमको परिभाषा आज क्यान्सर रोग बन्छ। त्यहि जेलिएर जलिरहनु पर्ने अस्पतालको शैयासम्म नसिब नहुने । खरानी पनि बन्न नसक्ने , तड्पाइमा नै मरेर बाचिरहने । त्यो जटिल साङ्लो काडाको तारभित्र जगड़िएर बाच्नु पर्ने हुन्छ । आजको दुनियाले प्रेम र सच्चा प्रेमलाई यहि परिभाषा लगाइदिएको छ । हो, हरेक प्रेममा बलिदान जरुरि थियो । लैला मज्नु , मुना मदनको प्रेममा पनि बलिदानकै कथा लेखियो । आखिर प्रेम भनेकै बलिदानको यौटा चित्र रहेछ । सफल या असफल प्रेमलाई कसरी परिभासा गर्ने , प्रेम सफल कसरी हुन्छ ? प्रेममा किन त्यागमात्र गर्नु पर्छ ? यो त्यागको मूल्य फेरि किन सुन्य हुन्छ ? यी र यस्ता धेरै प्रस्नहरुको जवाफ खोज्न कोही बैज्ञानिकहरु पनि लागेको पाइएन । यो संसारमा हरेक रोगको औसधि खोज्ने बैज्ञानिक जन्मिए तर यो जलेको मुटुलाई कुन औषधिले राम्रो गर्छ त्यो अनुसन्धानसम्म पनि गरिदैन भने त्यसको दबाई भेटिने सम्भावना नै छैन । यसको उपचार असम्भब छ । त्यसैले त साचो प्रेम गर्नेहरुको मुटु धुजा धुजा बन्दै जान्छ । त्यसलाई रोकथाम गर्ने समेत कहिँ दबाई छैन । अनि झन् झन् त्यो क्यान्सर फैलिदै जान्छ । त्यो आगो निभाउने कोही नहुदा झन् त्यसले ज्वालाको ठुलो रुपलिन्छ । त्यो जन्जिरबाट झिक्ने कोही नहुदा छिया छिया बनाएर त्यो काडाले रगताम्य पार्न सफल हुन्छ । साचो प्रेमले साच्चै आज पाउने सजाय यहि हुन्छ । त्यसैले होला, आज दुनियामा प्रेम मर्न थाल्यो , यसलाई जन्माउने आमाहरु पिजडामा छट्पटाइ रहेका छन् । अब यसको जन्म कसरी हुन्छ र त्यसैले आजकल प्रेम लोप हुदैछ । अब यसको जन्म हुन कसरी सक्ला ? आमाहरुको कोख नै बाझो बनाउने षड्यन्त्र हुदैछ । अब त प्रेम पैसालाई भानिन्छ , आत्माको ढुकढुकीमा होइन पैसामा प्रेम हुन्छ । यौटाले अर्कोलाई बेच्छ । आजकल प्रेमको परिभाषा यसरी लगाउन थालीएको छ । न मुटु नै पोल्ने क्यान्सर सहनु परोस , न आगोभित्र जल्नु परोस , न त ति जन्जिरको सामना बश पैसा दियो लियो । काम सकियो छोडी दियो । आज देखिएका प्रेमका परिभाषा लगाउनेहरु भन्ने गर्छन – तिमि खुसि हुन चाहन्छौ भने तिमि उसलाई बिर्सिदेउ जसलाई तिमि प्रेम गर्छौ । यो हो आजको प्रेम । खुसि हुन छ भने उसलाई बिर्सनु पर्यो ,जसलाई हामी मुटुभित्र राख्छौ त्यसको नाम प्रेम हो , आज यस्तो परिभासा लगाउछन् प्रेमको । प्रेम बिर्सने कुरा होइन ,त्यो किनबेच र मोलमोलाईको साधन हुदै होइन । खै कसरी पत्ता लगाउने प्रेमलाई मेट्ने रबर , कतै यो दुनियामा बन्या छ कि ? त्यो रबर कहाँ होला, कतै त्यो मिल्छ कि ? आजका सच्चा प्रेममा पागल हुनेहरु हो अब त्यो रबर खोज । अनि मात्र तिम्रो खुसि हुने दिन आउछ । प्रेमलाई पूजा होइन मेटाएर समाप्त गर्दा दुनिया खुसि हुन्छ । तिमि पनि यो दुनियामा खुसि हुन चाहन्छौ भने प्रेमलाई पैसामा साट्न सिक , प्रेमलाई बलिदानमा होइन यौटा रबर् खोजेर मेटाइदिन सक। यहि भन्छन आज प्रेमका परिभाषा लाउनेहरु । प्रेमलाई ध्वस्त पार्न सिक अनि तिमि खुसि हुने छौ ? यहि छ आज प्रेमको असली रुप । यहाँ यौटा प्रस्नपनि जन्मिन्छ , हिजोको प्रेम ठिक कि आजको ? हिजोको प्रेम मुटुमा हुन्थ्यो आजको प्रेम पैसामा , हिजोको प्रेमलाई निकाल्न असम्भब थियो आजको प्रेमलाई त बेच्न सकिन्छ । त्यसकारण अब यसको तुलना गर्नै पर्छ। कुन प्रेम सहि यो प्रस्नलाई आज समाजमा राख्नुछ । बहुमतको कदर हुने यो दुनिया हो त्यसैले प्रेमको यो दुइटा परिभाषाको जनमत गर्नुछ । कुन प्रेम सहि , जनमतको निर्णयलाई मान्नु जरुरी ठहरिन्छ । अब गरौ प्रेमको जनमत । यो कलियुगमा प्रेमको सहि परिभाषा पत्ता लगाउनु जरुरी देखिएको छ । – फ्रान्स

प्रतिक्रियाहरु