प्राविधिक शिक्षालाइ प्रभावकारी बनाइदै

२०७१ फाल्गुन १३ गते, बुधबार

काठमाडौ, १३ फागुन । शिक्षा मन्त्रालयले प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन बोर्ड गठन गरेर अघि बढ्ने तयारी गरेको छ । अहिले विभिन्न मन्त्रालयले भिन्दा भिन्दै रुपमा दिँदै आएको प्राविधिक शिक्षालाई एकै निकायबाट दिने व्यवस्था गर्नुका साथै प्रभावकारी पाठ्यक्रम विकास गर्न तयारी भैरहेको शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले बताइन । उनले फन्ड बोर्ड बनाएर एकै ठाउँबाट प्राविधिक शिक्षा दिने व्यवस्था कार्यान्वयनका लागि छलफल भैरहेको बताइन ।
अहिले उद्योग मन्त्रालय, स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयलगायतले छुट्टाछुट्टै रुपमा प्राविधिक तालिम संचालन गर्दै आएका छन् । ती तालिमबाट युवाले सीप सिकेपनि पूर्ण दक्षता हासिल गर्न नसकेको साथै रोजगारी पाउन पनि समस्या देखिएपछि प्राविधिक शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन यस्तो योजना अघि सारिएको हो ।
शिक्षा मन्त्रालयले नै आवश्यकता तथा समयानुकुल पाठ्यक्रम विकास गरेर प्राविधिक तालिमलाई व्यवस्थित बनाउने उद्देश्य रहेको सहप्रवक्ता पोखरेलले बताइन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार