प्राधिकरण गठन प्रक्रियाप्रति भट्टराईको असन्तुस्टी

२०७२ असार ८ गते, मंगलवार

काठमाडौं, ८ असार । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको अध्यक्षतामा गठन गर्न लागिएको पुनःनिर्माण प्राधिकरणमा सरकारकै मन्त्री र सचिवहरुको बाहुल्यता रहने भएकाले त्यसको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको बताएका छन् । मंगलबार राजधानीमा आफैंले आयोजना गरेको विज्ञहरुसँको छलफलमा भट्टराईले ‘प्राधिकरणको नेतृत्व नयाँ पुस्ता तथा व्यवसायिक अनुभव भएका व्यक्तिलाई दिनुको साटो राजनीतिकरणबाट थला परेको सरकारी संयन्त्रलाई नै दिँदा त्यसको कार्य सम्पादनमै आशंका उब्जिएको’ पनि बताए ।
‘आफूले पदीय हैसियतलाई बिर्सेरै भएपनि नवनिर्माणको काममा जुट्ने बताएकोमा त्यसलाई अतिरन्जित गर्दै प्राधिकरणको नेतृत्व हत्ताउन खोज्यो भनेर प्रचारबाजी गरिएको भन्दै’ उनले दुःख व्यक्त गरे ।भट्टराईले ‘प्राधिकरण गठन अध्ययादेशमार्फत् भन्दा विज्ञहरु तथा सरोकारवालाहरुसँग पर्याप्त छलफल गरी संसदबाट गठन गरिएको भए त्यो थप प्रभावकारी हुने’ बताए ।कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका विज्ञहरुले सरकारले निर्माण गरेको प्राधिकरणले पुनःनिर्माणको काम थाल्दा प्रभावित क्षेत्रको अध्ययन र अनुसन्धानपछि मात्रै दीर्घकालीन र भरपर्दो पुर्ननिर्माण गर्नुपर्ने धारणा राखेका थिए ।कार्यक्रममा अर्थशास्त्री, उद्योगपति, व्यावसायी, राजनीतिज्ञलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार