प्राकृतिक विपद : त्रास, बास र आश – कृष्ण अधिकारी

२०७२ जेष्ठ ९ गते, शनिबार

वैशाख १२ गते विनाशकारी भूकम्प आएपछि भाग्य र कर्म अनिदैव र भविष्यको चर्चा बढी भए । प्रकृतिको गर्भमा हुने उथलपुथलले आउने भूकम्पलाई दैविक विपत्ति पनि भनियो । कसले के भने कसले के भने ? ज्योतिषदेखि भूगर्भविद्हरुसम्मको हवाला दिएर जनतालाई त्रस्त पार्ने काम भयो । के कसैले भूकम्पको भविष्यवाणी गर्न सक्छ ? कसले कति क्षमताको कहिले आउँछ भनेर भन्न सक्ने कुनै ज्ञान छैन । हो भूकम्प आउन सक्छ भन्ने आधारहरु प्रशस्त छन् । तर, वैशाख १२ पछि अनेक भविष्यवाणी भए, संचार माध्यमहरुले त्यसैलाई आधार बनाए, त्रस्त जनता त्यसैको पछि लागे । अनि अहिलेसम्म त्रिपाल मुनिको बास छ, घरबास सद्धे हुनेहरुको पनि ।
यसको एउटा कारण छ, कर्ममा भन्दा भाग्यमा अनि आफ्नो क्षमतामा भन्दा अरुको भरमा बढी विश्वास गर्ने गरेकैले अहिलेको त्रास कायमै रहेको हो । नत्र हरेक दिनका सुरुवात गर्नु अघि किन राशिफल हेर्नुपथ्र्याे । विश्वको कूल जनसंख्यालाई आधार बनाउने हो भने एउटा राशीमा ५० अर्बभन्दा बढी मान्छे हुन्छन् । त्यो कसरी आपूmसंग मेलखाला ? तर पनि राशिफल हेर्न छुट्दैछ । एकाविहानै सबैभन्दा बढी हेरिने, पढिने र सुनिने नै राशिफल हो । त्यसैले त नेपालका राष्ट्रियस्तरका दैनिक पत्रिकाले राशिफल प्रकाशित गर्छन् । साथै ज्योतिष बिज्ञानको हवाला दिएर भ्रम फैलाएको भन्दै तिनै ज्योतिषहरुलाई प्रहरीले गिरफ्तार गर्दछन् । राशिफल प्रकाशित हुनु फरक कुरा हो, प्राकृतिक बिपत्तिका साथै ठूलो भूकम्प आउँदै छ भनेर समाजमा भ्रम सिर्जना गर्नु अर्कै कुरा हो । नेपाली समाज हल्लाको पछाडि दौडिन थालेको धेरै भइसकेको छ, भूकम्पको हल्ला एक सामान्य उदाहरण मात्र हो ।
गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्प गएदेखि मानिसहरुमा बेचैन छ, काम गर्ने जाँगर छैन, अस्थिर मन छ तनाब नै तनाब छ यद्यपि आफ्नो दैनिकीमा फर्कन मानिसहरु प्रयत्न गरिरहेका छन् । प्राकृतिक बिपत्तिमा राज्य, जनता, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पूर्ण शक्ति मिलेर प्रभावितलाई राहत तथा उद्धारका काम गरे, गरिरहेका छन, भविष्यमा झन् धेरै गर्नेछन् । अकस्मात आएको बिपत्तिमा जनता कतिसम्म भइसके भन्देखिन काम गर्ने अबस्थामा समेत भूकम्पको झड्का गएको अनुभब लिने अर्थात् ‘ट्रमा’ले त्राही–त्राही बनाएको छ ।
नेपालको करिब २० प्रतिशत भूभागका जनता मात्र ७२ सालको भूकम्पले प्रभावित भएका छन् तर बाँकी ८० प्रतिशतका जनता त्रसित अबस्थामा छन् । काठमाडौँमा भूकम्पले नगरेको क्षति देखेर भूगर्भविदहरु चकित छन्, भने मिडिया राज्यले यो गरेन, त्यो गरेन भनेर राज्यलाई गाली गर्दागर्दै थकित छन्, अन्ततः जनता राहतका नाममा आफ्नो बन्दोबस्तीको ‘जोहो’ आफैँ गर्नेभन्दा बढ्ता आशा गरेर दिन बिताउने दैनिकीमा गएको बुझ्न धेरै जटिल छैन । आशा छ यस्तो नहोस । यसलाई तिन तरिकाले हेर्ने प्रयास गर्छ पंक्तिकारले, जुन यसप्रकार छन् ।
त्रास
नेपालको भौगर्भिक स्थिति फरक र जटिल भएका कारण अब हामीलाई भूकम्पको त्रास सधैँभरी हुने निश्चित छ किनभने भारतीय प्लेट र युरोसिएन प्लेट निकै बर्षदेखि चलायमान छन्, जसको हामीले भन्दा भूगर्भविदहरुले व्याख्या गरिरहेका छन देशी तथा बिदेशी सबैले । जुनसुकै बेला ठूलो भूकम्प जाने सम्भावनाका कारण मानिसहरु सधैँ त्रासमा छन् । त्रिपाल, पिँढी, आँगन, बारी, चौर, बगैँचा, सार्बजनिक स्थल आजभोलि मोबाइल लज बनेका छन् । आफैँले बनाएका घरले थिचेर मरिन्छ भन्ने ठूलो त्रास छ । पटक–पटकका आफ्टरसक र त्यस पछिका असामान्य स्थितिका कारण मानिसहरु त्रासमा छन् ।
घर छाडेर बाहिर सुत्नेहरु चोरको बिगबिगी भएका कारण त्रासमा छन्, घर भित्र सुत्नेहरु भूकम्प आएर मरिएला भन्ने त्रासमा छन, भने आफ्नो घर भूकम्प प्रतिरोधी भएकाहरु छिमेकीको ७ तले घर ढल्ला भन्ने त्रासमा छन् । समग्रमा समाज, देश, मानिस, दिनरात त्रासमा छन् । ज्योतिष र घरैपिच्छे भएका जियोलोजिष्टहरुका अन्तर्वार्ताबाट मानिसहरु झनै त्रासमा छन् । सरकारी कर्मचारीलाई घुस खुवाएर नीलो स्टिकर लगाउन सफल भएका घरभेटीका घरमा भाडामा बस्ने सबै त्रासमा छन् । नेपाली मिडियाले बालबालिकालाई फोकस गरी बनाएका रिपोर्टले आमाबुवा झन् त्रास छन् ।
पत्रिकामा लेखेका लेख र प्रसारित सामग्रीले भविष्यमा बच्चामा पर्ने असर सोचेर समात त्रसित छन् । मौका छोपी बिदेशका गल्लीमा टोकरी थापेर संकलन गरेको रकम कता राज्यले खोस्छ भनेर संघसंस्थाका मानिस त्रासमा छन् भने गैरसरकारी संस्था कता सरकारले राम्रो कामम गर्छ र आफ्नो खेती ओइल्याउँछ भन्ने त्रासमा छन् समग्रमा सबै त्रासमा हो भूकम्पकै त्रासमा ।
बास
हो, नुवाकोटकी माईली तामाङको आफ्नो दशकौंदेखि बस्दै आएको बास भत्किएको छ, भएको अन्न–सम्पति सबै माटोमा मिलेको छ । राज्य र अन्य क्षेत्रबाट आएको सहयोगको त्रिपाल र दिएको चामलले बर्खा धान्छ जस्तो लाग्दैन । भएको घर र कमाएको अन्न लगि गो, अबको समस्या भनेको बासको हो ।
वातावरण मैत्री र भूकम्प प्रतिरोधी घर बन्ने भनेर धेरै समाचार आएका छन् तर राज्यले केही सुरसार गरेको छैन, जस्ता वितरण गर्ने, एनआरएन, चौधरी, थापा, पौडेल, बस्नेतहरुले प्रयास बनाउने घर कस्ता हुन ? बर्खा धान्ने हुन किफेसबुकमा फोटो खिचेर पत्रकार सम्मेलन गर्न हुन कुनै अत्तोपत्तो छैन ।

संसारभर ११ वटा देशमा १८ वटा अफिसमार्फत भूकम्पका जोखिम राष्ट्रहरुमा उद्धार, परामर्श र पुनर्निर्माणमा काम गर्दै आएको संस्था मियामोतोका सीईओले भने झैँ अन्य देशको तुलनामा नेपालमा प्राइभेट सेक्टरले धेरै राम्रो काम गरेको कन्क्लूजन निकालेका थिए । हो राज्यले गर्ने भनेको भौतिक पुनर्निर्माणमा पनि अब प्राइभेट, व्यक्ति, संघसंस्था मिलेर काम गर्ने कि यति र उति घर निर्माण गरिदिन्छु भनेर मिडियाबाजी गर्ने ?
नीति नबनेको भए सल्लाह सुझाब दिने, कार्यन्वयनमा दबाब सिर्जना गर्ने, राज्यका संरचनालाई छिटोछरितो र स्पूmर्त बनाउन लाग्नु पर्ने हैन ? हाम्रो समान प्रकृतिका घरहरु नभएका कारण एक परिबारको घर भूकम्प प्रतिरोधी हुँदाहुँदै पनि छिमेकीका कारण सुरक्षित हुन सकिएको छैन किनभने छिमेकीले ७ तले घर बनाइदिएको छ, तपाइको २ तला छ, समस्या यही छ । अब राज्यले कठोर कदम चाल्ने बेला आयो, बिग्रेका संरचना भत्काउने, नयाँ बनाउनलाई प्रोत्साहन गर्ने जुन योजनाबद्ध सहरी बिकासका मापदण्ड पूरा गरी निर्माण हुन ।
आश
देश भत्केपनि,मन भत्किएको छैन ्र युबा शक्तिलाई अब नेपालमै रोजगारीको अबसर मिलाउदै बिग्रेको देशलाई सुधार्नु तर्फ लाग्नु पर्छ ्र सबै भन्दा महत्वपूर्ण पक्ष के हो भने नेपालमा रहेका युबा लाई यहि भविष्य देखाई, बिदेशमा भएको दक्ष नेपालीलाई घर(फर्काउनु पर्छ जसले हाम्रो आफ्नै सिप–मेहनतले नयाँ नेपाल निर्माण हुनेछ । जुन असम्भब छैन ।
नीतिनिर्माण गर्ने, विपद ब्यबस्थापनका उच्चतम उपायहरु खोज्ने,नीतिलाई कार्यान्वयन गराउने र देस निर्माण गर्ने यहि आश हो्र थिकं ट्यांकहरु निर्माण गर्ने, सफलताका कथा बढाउने ताकीबिदेशिएका ४० लाखनेपाली लाई स्वदेश फिर्ता गराउन सकियोस् ।

अब नेपालमा अधिकारका माग थिलो(थिलो परेको समाज बाट उठ्छ जस्तो लाग्दैन ्रउठे भने ति आफै सकिनेछन्रछिटो भन्दा छिटो संबिधान जारी गरि ढलेको अर्थतन्त्र उठाउन, मुलुकको बिकासमा टेवा दिन, हर सम्भब भएका सबै शक्तिलाई साथ लिएरअगाडी बढी अबका तिन एजेन्डा संबिधान, पुनर्निर्माण र सम्रिदीको खाका कोर्ने महत्वपूर्ण समय र अबसर यहि हो ्र खेर नफाली देश बिकासमा जुटौं ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु