“प्रहरी कार्यालयका हतियार देखाइ अनावश्यक झुठ्ठा मुद्दा लगाइयाे”

२०७६ कार्तिक ३ गते, आईतवार

काठमाडौं, ३ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले आफ्ना नेतालाई प्रहरीले अाफ्नाे प्रहरी कार्यालयमा भएका हतियार देखाइ अनावश्यक झुठ्ठा मुद्दा लगाइएको ठोकुवा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंगसहित २१ जनालाई गिरफ्तार गरि प्रहरीले अाफ्नाे प्रहरी कार्यालयमा भएका हतियार देखाइ अनावश्यक झुठ्ठा मुद्दा लगाइएको भन्दै युवा संगठनले घाेर भत्र्सना गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंग, राप्ती ब्युरो इन्चार्ज सुवास, राप्ती ब्युरो सदस्यहरु सविन, युवा संगठन, नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, दाङ जिल्ला इन्चार्ज विक्रम, राेल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदिप, पश्चिम रुकुम जिल्ला सेक्रेटरी चन्द्र लगायत २१ जना नेता कार्यकर्तालाई राजपुर गाउँपालिका मुङरठ भन्ने स्थानमा बैठक बसिरहेको अवस्थामा असाेज ३० बिहान १:३० बजे घर घेरा हालि सरकारले गिरफ्तार गरि अाफ्नाे प्रहरी कार्यालयमा भएका हतियार देखाइ अनावश्यक झुठ्ठा लगाइएको भन्दै युवा संगठन, नेपाल राप्ती ब्युरो इन्चार्ज अनिलले एक विज्ञप्ति जारी गरि घाेर भत्र्सना गर्नुका साथै विना सर्त रिहाइ गर्न जाेडदार माग गरेका छन ।
विज्ञप्तिमा भनिएको छ -जनताको न्यायकाे अावाज बाेल्ने हाम्रा नेता कार्यकर्ताहरुप्रतिकाे यो गिरफ्तारीमा हाम्रो संगठन घाेर भत्र्सना गर्दछ । साथै विना सर्त रिहाइको जाेडदार माग गर्दछ ।’ विज्ञप्तिमा लेखिएको छ -‘अाज केपी सरकार राजनीतिक, सामाजिक, अार्थिक, सांस्कृतिक नयाँ क्षेत्रमा विकास, उपलब्धि दिन असफल भएको छ । कथित कम्युनिस्ट सरकार जनविरोधी, पराधिन र भ्रष्टाचारयुक्त देश बनाउदैछ । राष्ट्र र राष्ट्रिय स्वाधीनतालाई वेवास्ता गरि अाफ्नाे लुटकाे स्वर्ग बचाउन पैसा र सत्ताको लागि विदेशीकाे तलवामूनि एक पछि अर्को राष्ट्रघाती काम गरिरहेकाे छ । नेपाली जनतालाई करको नाममा दिनानुदिन लुट्ने र दलाल, राष्ट्रघाती Ncell ले तिर्नुपर्ने अरबाैं कर छुट गरि अाफ्नाे पकेट भर्ने, विलासी जीवनमा मस्त छन् । जनताको खुन, पसिनाबाट सञ्चित करले स्थानीयदेखि केन्द्रसम्म जनताकै शासक बनी जनतालाई उत्पीडितकाे सिकार बनाइरहेका छन् । यस्ता सबै खाले बेथिति विरुद्ध जनताको पक्षमा जनताको अावाज बाेल्ने हाम्रा नेता कार्यकर्तालाई झुठा मुद्दा लगाइ जेल हिरासतमा राखि अाफ्नाे फासिस्ट चरित्रलाई उदाङ्गाे पारी प्रदर्शन गरिरहेकाे छ । नेपालको युवा पुस्ताको ६० प्रतिशत विदेशी भूमिमा बेच्ने र बाकी युवालाई लागुअाैषधकाे दुर्व्यसनीकाे सिकार बनाउदै युवाहरुकाे परिवर्तनको नयाँ चेतनालाई षडयन्त्रमूलक तरिकाले सिध्याउदै अाफ्नाे सत्ता बचाउने पक्षमा छन् । परन्तु हाम्रा राप्ती ब्युरो बैठक स्थलबाटै हाम्रा नेता कार्यकर्ताको गिरफ्तारीले जेल हिरासत प्रसुति गृह हो । त्यसैले विचारलाई थप स्पातिलाे, मजबुत, लाल, निपुणता पैदा गर्दै एकीकृत जनक्रान्तिकाे महासमरमा अगाडि बढ्दै वैज्ञानिक समाजवादकाे उपलब्धिमा दृढ र संकल्पित रहन उत्प्रेरित हुने सत्यलाई अाम युवाहरूले अात्मसाथ गर्दै अविचलनताका साथ किसान, मजदुर, युवा, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, डाक्टर, वकिल लगायत सबै उत्पीडित जनताहरुको दृढतापूर्वक नेतृत्व गर्दै हत्या, हिंसा, गिरफ्तारी, धरपकडका विरुद्ध डटेर प्रतिरोध गर्न अपिल गर्दछौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु