प्रहरीमा विशेष आर्थिक सहुलियत कार्यक्रम

२०७० चैत्र २६ गते, बुधबार


काठमाडौं,२६ चैत । नेपाल प्रहरीले तल्लो तहमा काम गर्ने कर्मचारीलाई ऋण दिन ७ करोड रुपैयाँ छुट्याएको प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले बताएको छन् । जस अन्तर्गत ७ करोड रुपैयाँ विशेष आर्थिक सहुलियत कार्यक्रमअन्तर्गत सकल दर्जा (सई, असई, हवल्दार र सिपाही) लाई ऋण दिन थालिएको हो । यो रकम आर्थिक वर्ष २०७०/७१ भित्र -आउँदो साउन मसान्त) सम्ममा प्रयोग गरिसक्नुपर्ने छ ।
प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले तल्लोस्तरमा काम गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च गराउन र आर्थिक संकट टार्न यो योजना ल्याइएको बताए । ‘तलब कम हुने भएकाले उनीहरूलाई केही राहत मिलोस् भन्ने उद्देश्य हो,’ उनले भने, ‘यसले आर्थिक प्रलोभनमा पर्ने सम्भावना पनि हुँदैन ।’ उनका अनुसार ती कर्मचारीले एक/एक लाख रुपैयाँ ऋण पाउने हो । त्यो ऋण रकम किस्ताबन्दीमा ५ वर्षभित्र बुझाउनुपर्ने छ ।तल्लो दर्जामा काम गर्ने कर्मचारीको आवास व्यवस्था र छोराछोरीलाई पढाउने खर्चका लागि यो रकम ऋण प्रदान गरिने प्रहरी मुख्यालयले जनाएको छ । मुख्यालयका अनुसार यो रकम पाँचवटै विकास क्षेत्र, महानगरीय प्रहरी आयुक्त कार्यालय मातहत र प्रहरी प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई प्रदान गरिने छ । सहुलियतमा प्रदान गरिएको ऋण जनशक्तिका आधारमा ६ वटा कार्यालयलाई विभाजन गरिएको छ । त्यसरी रकम लिन प्रहरीको कल्याण शाखामा निवेदन दिएर आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार