प्रहरीद्वारा पत्रकारको हत्या

२०७४ मंसिर ७ गते, बिहीबार

काठमाण्डौं . ७ मंसिर । भारतको दक्षिणूर्वी राज्य त्रिपुरास्थित प्रहरी कार्यालयमा समाचार संकलन गर्न गएका सुदीपदत्त भौमिकको सोही प्रहरी कार्यालयका जवानको गोली लागेर मंगलबार मृत्यु भएको हो । गोली लाग्नुअघि गोली हान्ने जवान र सुदीपबीच भनाभन भएको थियो । सुदीप भारतको बंगाली भाषाको पत्रिका सिन्दन दैनिकका वरिष्ठ समाचारदाता थिए । त्रिपुरा राज्यको प्रहरी त्रिपुरा स्टेट राइफल (टिएसआर)का एक जवानले गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
टिएसआरका एक वरिष्ठ प्रहरी अधिकारी अभिजित सप्तऋषिले भने, ‘त्रिपुरा स्टेट राइफलको हेडक्वार्टरमा प्रहरी जवानको गोली लागेर मंगलबार एक पत्रकार मारिएका छन् । प्रहरी जवान र पत्रकारबीचको भनाभनपछि प्रहरीले गोली चलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’ – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु