प्रहरीको ड्युटीमा रोबोट !

२०७४ जेष्ठ १२ गते, शुक्रबार

काठमाडौं, १२ जेठ । दुबईले विश्वमै पहिलो पटक रोबोटलाई प्रहरीको ड्युटीमा परिचालन गरेको छ । प्रहरीको ड्युटीमा परिचालन गरिएको रोबोटलाई हाल शपिङ मल र पर्यटन स्थलको सुरक्षामा खटाइएको छ । मानिसले रोबोट समक्ष अपराधका सूचनाहरु पनि टिपाउन सक्ने जनाइएको छ । रोबोटले जरिवाना असुल्ने, यसको छातीमा लगाइएको टच स्क्रिनका मद्दतले सूचना हासिल गर्न सकिने अधिकारीहरुको भनाइ छ । दुबई प्रशासनले सन् २०३० सम्ममा प्रहरी बलको २५ प्रतिशत हिस्सामा रोबोट परिचालन गर्ने लक्ष्य लिएको छ । तर प्रहरी सेवाबाट मानिसलाई नै विस्थापन गर्ने उद्देश्य भने नरहेको अधिकारीहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार