प्रहरीकै अगाढी हत्या

२०७१ चैत्र १० गते, मंगलवार

काठमाडौँ । अफगानिस्तानमा गएको विहिबार मारिएकी युवतीका आफन्तले उनलाई बचाउन प्रहरीले प्रयास नगरेको आरोप लगाएका छन् । ती युवतीलाई कुरान जलाएको आरोप लागेपछि आक्रोशित भिडले कुटपीट गरी हत्या गरेको थियो । बिबिसीका अनुसार फरखंदा नाम गरेकी ती युवतीलाई आक्रोशित भिडले निर्घात कुटपीट गरी जलाएको थियो ।
फरखंदाका बाबुले उनलाई भीडले कुटपीट गर्दा पनि रोक्नका लागि प्रहरीले प्रयास नगरेको आरोप लगाएका छन् । उनले छोरीमाथि कुटपीट हुँदा पनि प्रहरी हेरेर बसेको बताएका छन् ।
अफगानिस्तानको काबुलमा भएको यो घटना रोक्न असमर्थ रहेको भन्दै १३ जना प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ । फरखंदा हत्या विरोधमा काबुलमा प्रदर्शन सुरु भएको छ ।

प्रतिक्रियाहरु