प्रसूतिगृहमा अमरको अचाक्ली

२०७१ भाद्र १ गते, आईतवार


काठमाडौँ । र्सवसाधारण महिलालाई सरल र सुलभ तरिकाले प्रसूतिसम्बन्धी सेवा गर्ने उद्देश्यले स्थापना भएको थापाथलीस्थित इन्द्रराज्यलक्ष्मीदेवी प्रसूति गृह दिनप्रतिदिन सेवामा खस्कँदै गएको सेवाग्राहीहरुले बताएका छन् । प्रसूतिगृहमा मौलाएको भ्रष्टाचारको जालोले गर्दा अस्पतालको सेवामा समेत असर परेको सम्बद्ध कर्मचारीहरु नै बताउँछन् । अस्पतालका प्रशासक अमर अमात्यका कारण अस्पतालको सेवा र कामकारवाहीमा सुस्ता आएको अस्पताल स्रोतले बताएको छ । विगतका वर्षरुमा पनि प्रशासक अमात्यकै कारण अस्पतालको मर्मत सम्भार र सामान आपर्ूर्तिमा व्यापक भ्रष्टाचार भएको स्रोतले बताएको छ । गत आ. व. मा प्रशासक अमात्यले सुचिकृत भएका सोही संस्थालाई मात्र काम दिएको र कतिपय मर्मत सम्भारको काम नै नगरी फर्जी बिल बनाएर भुक्तानी गर्न लगाएको स्रोत बताउँछ । प्रशासक अमात्यको हस्तक्षेपका कारण बत्ती, प्लम्बिङ, ढललगायतका काममा फर्जी कम्पनी खडा गरी काम गराइएको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रशासक अमात्यले सो अस्पतालमा विभिन्न क्याम्पसबाट नर्सको प्राक्टिस कोर्स गर्न आउनेसँग समेत पछि त्यही जागिर मिलाइदिने भन्दै आर्थिक लेनदेन गर्ने गरेका छन् । यस सम्बन्धमा प्रसूति गृहका एक कर्मचारी नाम उल्लेख नगरिदिनु भन्दै प्रशासक अमात्यका कारण अस्पताल आफैँ बिरामी पर्न लागिसक्यो, यस विषयमा कसैलाई चिन्ता छैन, सबै कमाउ अभियानमा केन्द्रित भएका छन् भन्दै उनले अस्पताललाई बचाउन अब आफू प्रशासक अमात्यको कर्तुत र्सार्वजनिक गर्ने र सम्बन्धित पक्षले सुनुवाई नगरे अख्तियार अनुसन्धान दुरुपयोग आयोगको ढोका ढकढकाउन पुग्ने बताए ।

प्रतिक्रियाहरु