प्रसूतिगृहका परजीवी

२०७१ भाद्र ७ गते, शनिबार


काठमाडौँ । परोपकार तथा स्त्रीरोग अस्पताल -प्रसूतिगृह) भ्रष्ट कर्मचारीका कारण तहसनहसको स्थितिमा पुगेको अस्पताल सम्बद्ध कर्मचारीले बताएका छन् । अस्पतालका प्रशासक अमर अमात्यको मनपरीतन्त्रले अस्पताल लथालिङ्ग र भताभुङ्ग हुन लागेको अस्पताल सम्बद्ध कर्मचारी बताउँछन् । अस्पतालभित्र व्यापक अनियमितता गर्दै आएको अमात्य कमिशनबिना वरको सिन्को पर सार्दैनन् । अस्पतालमा सूची दर्ता भएका पसल-पसल र संस्था-संस्था पुगेर कमिशनको बार्गेनिङ गर्ने अमात्यले अस्पतालमा स्थापित सामाजिक सेवा इकाईमा समेत ब्रहृमलुट मच्चाइरहेको स्रोतले बताएको छ । अस्पतालमा सेवा लिन आउने गरिब तथा अति विपन्न, असहाय अपाङ्ग, जेष्ठ नागरिक, लैङ्गकि हिंसा पीडित र महिला स्वास्थ्य स्वयम् सेविकालाई सेवा पुर्याउन गत वर्षेखि स्थापना भएको सो इकाईसमेत प्रशासक अमात्यको ठगीखाने भाँडो भएको छ । प्रशासक अमात्यले अस्पतालभित्र सामान सप्लाई गर्नेदेखि कर्मचारी नियुक्तिलगायत मर्मत सम्भारका नाममा लाखौँ भ्रष्टाचार गरिरहेको स्रोतले बताएको छ । प्रशासक अमात्यकै लापरवाहीका कारण अस्पतालको प्रशासन लथालिङ्ग भएको छ । उनीमाथि अख्तियारले पनि निगरानी बढाइरहेको छ । तर, अमात्य आफूलाई कसैले हुन नसक्ने भन्दै लुट मच्चाइरहेका छन् । भन्दै अस्पतालका एक कर्मचारी भन्छन्, ‘प्रशासक अमात्य दिनहुँ जस्तो अख्तियारको तारिख धाउन अख्तियार पुग्छन् तर पनि अस्पतालभित्र लुट मच्चाउन छाडेका छैनन् । खाने मुखलाई जुँगाले छेक्दैन भनेको यही होला भन्दै दिनभरि अख्तियार धाएर पनि ब्रहृमलुट मच्चाउन नछाड्ने अमात्यप्रति व्यंग्य गर्दछन् । प्रशासक अमात्यको चरित्रसमेत ठीक नभएको भन्दै उनले समय आएपछि सबै पर्दाफास गरेरै छाड्ने बताए ।

प्रतिक्रियाहरु