प्रसाद खाँदा एक सयभन्दा बढी बिरामी

२०७४ बैशाख ११ गते, सोमबार

काठमाडौं, ११ वैशाख । विराटनगर उपमहानगरपालिका–१९ घिनाघाटस्थित पञ्चकन्या टोलको एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा एक सयभन्दा बढी बिरामी परेका छन् । ईश्वरी पौडेलको घरमा लगाइएको पूजाको प्रसाद खाएकाहरुमा झाडापखाला लाग्ने, बान्ता आउने, टाउको दुख्नेलगायतका समस्या देखिएको हो । पौडेलको घरमा चार दिन अघि लगाइएको घरपैंचो पूजामा रोटी, तरकारी र अचार खाएपछि बिरामी परेको स्थानीय नवराज ढुंगानाले बताए । बिरामीहरुको कोशी अञ्चल अस्पताल र नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार