प्रश्न गर – बलराम तिमल्सिना

२०७६ चैत्र ७ गते, शुक्रबार

प्रश्न गर, प्रश्नबाटै सत्य खोज्न लागिपर !
प्रश्न विना चुप नबस फेरि अर्को प्रश्न गर !
विना प्रश्न चुप बस्ने मान्छेसँग मान डर !
प्रश्न गर्दै हल खोज्दै चेतनाको घडा भर !

किन कहाँ के कसरी कस्तो कस्को सोच !
तथ्य तर्क आघि राख सत्य के हो खोज !
आँखा चिम्ली हो हो हुन्छ भन्छौ मात्र भने !
संझ तिमी धरतीलाई हाड-छालाको बोझ !

प्रश्न गर्ने मान्छेलाई सोच्नु हुन्न सानो !
प्रश्नबाटै मानिसले सारा ज्ञान जान्यो !
प्रश्न गरे उत्तर मिल्छ चुप बसे शून्य !
त्यो मूर्ख हो प्रश्नलाई जस्ले फाल्तु ठान्यो !

अणु परमाणु हुदै क्वान्टम ज्ञानसम्म !
के पुगिन्थ्यो बस्या भए उसै गजधम्म !
प्रश्नसँग खेल्दै लड्दै खुले दश-द्वार !
र पो आविस्कार भए अचम्म अचम्म !

प्रतिक्रियाहरु