प्रवासी मोर्चाहरुद्वारा सरकारको दमन तथा धरपकडको भर्त्सना

२०७५ श्रावण २४ गते, बिहीबार

काठमाडौं , २४ साउन । प्रवासमा रहेका बिभिन्न मोर्चाहरुले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुमाथिको दमन तथा धरपकड को बिरोध गरेका छन् । उनिहरुले सरकारले योजनाबद्ध रुपले गरिएको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, पोलीटव्युरो सदस्य पदम राई, ओमप्रकाश पुन,मोहन कार्की, कृष्ण धमलालगायत सयौ नेता कार्यकर्ताहरुको गिरफ्तारी प्रती गम्भिर ध्यानाकर्षण भएको जनाउदै फरक राजनैतिक तथा वैचारिक आस्था प्रस्तुत गर्न पाउने नेपालको वर्तमान संविधानको समेत धज्जी उडाउंदै नेपाल सरकारले गरेको यो दमन तथा धरपकडको कडा शब्दमा घोर भ्रत्र्सना गरेका छन । साथै उनीहरुले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विनाशर्त तत्काल रिहाईका लागि जोडदार माग समेत गरेका छन ।
यस बिषयमा प्रवासी मोर्चाद्वारा जारी बिज्ञप्ति यस प्रकार रहेको छ – “नेपाल सरकारद्वारा योजनाबद्ध रुपले गरिएको नेपाल कम्युनिष्ट पार्टी का स्थायी समिती सदस्य तथा पार्टी प्रवक्ता क प्रकाण्ड, पोलीट व्युरो सदस्य पदम राई, ओमप्रकाश पुन,मोहन कार्की, कृष्ण धमला , केन्द्रिय सदस्य लगायत सयौ नेता कार्यकर्ताहरुको गिरफ्तारी प्रती हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
फरक राजनैतिक तथा वैचारिक आस्था प्रस्तुत गर्न पाउने नेपालको वर्तमान संविधानको समेत धज्जी उडाउंदै नेपाल सरकारले गरेको यो दमन तथा धरपकडको कडा शब्दमा घोर भ्रत्र्सना गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विनाशर्त तत्काल रिहाई गर्न जोडदार माग गर्दछौं ।
तथाकथित कम्युन्ष्टि नामधारी केपी ओली नेतृत्वको सरकारले देशको विकास र नेपाली जनतालाई राहत दिएर समाजवादी दिशामा अघी बढ्नुको साटो फरक राजनैतिक तथा वैचारिक आस्थाका आधारमा गरिने गतिविधी माथि ठाडो दमन गरेर सामाजिक फासीवादको अभ्यास गरी रहेको छ । एक एक गर्दै लोकतान्त्रिक अधिकार खोस्दै गएको छ । भेला , सम्मेलन, सभा तथा शान्तिपुर्ण प्रदर्शनीमाथि पनि प्रतिवन्ध लगाउने हर्कत गरेको छ । यस्तो हर्कत तत्काल रोक्न हामी नेपाल सरकारलाई आहन गर्दछौं ।
दलाल पुंजीवाद तथा नोकरशाही संसदीय व्यवस्था र तिनका सरदारहरुको अन्त्य नभएसम्म नेपाली जनता विभेद ,दलाली,भ्रष्ट्राचार,महंगी,कालोवजारी,माफीयातन्त्र,गुण्डागर्दी जस्ता समस्यावाट पिल्सिरहनु पर्ने निश्चित छ । नेपाली समाजमा विद्यमान समग्र विकृतिहरुको विरुद्ध ,राष्ट्रिय स्वाधिनता र वैज्ञानिक समाजवादी सत्ताको लागि संघर्षरत नेकपाको अभियान र नेपाली जनताको पक्षमा हुने सबैखाले आन्दोलनमा हाम्रो पूर्ण ऐक्यवद्धता रहने प्रतिवद्धता जाहेर गर्दछौं । साथै यस न्यायपूर्ण जनताको आन्दोलनको अविचलित रुपमा नेतृत्व गर्न हामी नेपाल कम्युनिष्ट पार्टी लाई हार्दिक अपिल गर्दछौं ।
विष्णु भुजेल
अध्यक्ष्य
नेपाली जनप्रगतिशील मोर्चा, यूरोप
मेख तमु
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम
शेर बहादुर तुम्बापो
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा, जर्मनी
इन्द्र न्यौपाने
संयोजक
नेपाली जनप्रगतिशील मोर्चा ,पोर्चुगल
इश्वर शर्मा
संयोजक
नेपाली जनप्रगतिशील मोर्चा,स्पेन
सुवर्णबाबु सापकोटा
महासचिव नेपाली जनप्रगतिशील मोर्चा युरोप तथा
तथा संयोजक नेपाली जनप्रगतिशील मोर्चा,पोल्याण्ड
टिएन रिजाल
संयोजक
नेपाली जनप्रगतिशील मोर्चा, बेलायत
वदन योङ्गहाङ्ग
अध्यक्ष
नेपाली जनजाती सरोकार मन्च, बेल्जियम”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु