प्रवासी नेपालीद्वारा मताधिकारको माग

२०७१ भाद्र २८ गते, शनिबार

काठमाडौं ,२८ भाद्र। कामको सिलसिलामा भारतमा बसोबास गर्ने प्रबासी नेपालीहरुले नयाँ संविधानमा आफ्नो मताधिकार ग्यारेण्टी गरिनुपर्ने माग गरेका छन् । उनीहरुले लामो समयदेखि आफूहरुले मताधिकारको माग गर्दापनि राजनीतिक सरकार र पार्टर्ीीले नसुनेको गुनासो समेत गरे ।
प्रवासी नेपालीहरुको संगठन नेपाली एकता समाज, भारतले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी सो माग गरेका हुन । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष ऋषिराम पुनले ‘हामीले यो माग पहिलैदेखि गर्दै आएका थियौं तर कसैले सुनेन्, नयाँ बन्ने संविधानमा भारतमा बसोबास गर्ने प्रवासी नेपालीहरुको माग पूरा भएन भने आन्दोलन गछौं’ भने । पुनले संविधान सबै राजनीतिक पार्टर्ीीे सहमतिमा बन्ने बन्नुपर्ने बताए । अध्यक्ष पुनले सन् १९५० को सन्धी भारतले नेपाली सीमा मिच्दा आफूहरुले भारतमै आन्दोलन गरेको बताउदै नेपालको हित विरोधी कुनैपनि सम्झौता भएमा आफूले भारतमै जनमत सृजना गरी आन्दोलन गर्ने बताए ।
त्यसैगरी कार्यक्रममा प्रवासी नेपाली हेमराज ढङ्गानाले नेपाल सरकारले भारतमा बसोबास गर्ने नेपालीहरुका कुरा नसुनेकाले अपहेलित हुनुु परेको बताए । अर्का प्रवासी नेपालीका अगुवा राजु भुजेलले भारतमा पहिलो नेपालीलको सम्मालन हुने गरेपनि अहिले नेपालीको हक अधिकारको कुरा गर्दा उल्टै विभिन्न आरोप लगाइने गरेको बताए । ‘नेपाल सरकार र नेपाली राजनीतिक पार्टर्ीर्ेे अझै प्रवासी नेपालीका अधिकारलाई बेवास्ता गरे नेपालीहरुले भारतमा बस्न नसक्ने अवस्था आउने छ’ भुजेलले भने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु