प्रवासीद्वारा बालिकालाई रु डेढ लाख

२०७३ मंसिर ९ गते, बिहीबार

काठमाडौं, ९ मंसिर । वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा ज्यान गुमाएका पाल्पा चिदीपानी–२ जाउपोखराका यमबहादुर थापाकी साढे दुई वर्षकी छोरीलाई पठनपाठनका लागि रु एक लाख ५० हजार आर्थिक रकम सहयोग प्राप्त भएको छ । दक्षिण कोरियामा गठित नमस्ते पाल्पा नामक संस्थाले थापाकी छोरीको शिक्षाका लागि सो रकम सहयोग गरेको हो । दुई वर्षअगाडि दक्षिण कोरिया गएका थापाको एक केमिकल कम्पनीमा कामगर्ने क्रममा दुई महिनाअगाडि मृत्यु भएको हो । थापाको छोरीलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो रकम सहयोग गरेको नमस्ते पाल्पाका अध्यक्ष चेतनबहादुर सारुले बताउनुभयो । थापाको श्रीमती, एक छोरी र बुबाआमा हुनुहुन्छ । थापाको दुःखद निधनले परिवार शोकमा डुबेको छ । – रासस

प्रतिक्रियाहरु