प्रधानाध्यापकको भ्रष्टाचारबिरुद्ध अखिल क्रान्तिकारीमा उजुरी !

२०७५ असार ५ गते, मंगलवार

काठमाडौं, ५ असार । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. ६ स्थित रानीवनको तलौनीमा रहेको कामेश्वरी माध्यामिक विद्यालय (मावि)मा व्यापक भ्रष्टाचार भएको छ । प्रधानाध्यापक गणेशबहादुर शाहीले विद्यालय भवन निर्माणमा २५ लाख रुपैयाँ भ्रष्टाचार गरेका हुन् । त्यस्तै शाहीले विद्यालयमा १२ वर्षको छात्रवृद्धिमा आउने सरकारी अनुदान रकम पनि भ्रष्टाचार गरेको दाबी अभिभावकहरुले गरेका छन् । विद्यालयको बजेट रकम हिनामिन भएको कारण खुलाउँदै त्यसमाथि छानबिन गर्न भन्दै शाहीमाथि ११ बुँदे आरोप समावेश गरिएका छन् ।
भ्रष्टाचार गर्ना शाहीले विश्वासको पात्रको रुपमा लेखापाल रामप्रसाद न्यौपानेलाई साथमा लिएका छन् । शाही र न्यौपाने मिलेर अनुदान रकम विद्यार्थीलाई नदिई भ्रष्टाचार गरेका हुन् । २०६० देखि २०७१ सालसम्मको छात्रवृद्धि रकम भ्रष्टाचार गरेका हुन् । छात्रवृत्ति रकम बढी प्राप्त गर्न नक्कली विद्यार्थी देखाइएको छ । शाही र न्यौपानेले गरेका भ्रष्टाचारमाथि सत्यतथ्य छानबिन गरी तत्काल कारवाही गर्न माग गर्दै अखिल क्रान्तिकारी अछाममा अभिभावक र सरोकारवालाले उजुरी (निवेदन पत्र) हालेका छन् । निवेदनपत्रमा शाहीले अनुदान रकम झिक्न नक्कली बिल, भौच र भर्पाई बनाएको र जिल्ला शिक्षा कार्यालय अछाममा किर्ते कागजात पेश गरेको भन्दै तत्काल छानबिन गरी आवश्यक कारवाही गरिपाऊँ भनी निवेदनपत्रमा उल्लेख गरिएको छ । साथै शाही र न्यौपाने मिलेर कारोबार गर्दा व्यापक मात्रामा भ्रष्टाचार गरेको भन्दै कागजपत्र नियन्त्रण लिन समेत आग्रह गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) अहिले अाठ विद्यार्थी संगठनसाथ अान्दोलनमा छ ।
दुईतले विद्यालय भवन २०७३ असार मसान्तमा विद्यालय भवन निर्माणको काम सक्नुपर्ने सम्झौता भएपनि हाल एक तला मात्र उठाएर अलपत्र छाडिएको छ (हेर्नुस् तस्बीर) । तर प्रधानाध्यापक शाहीले अधुरो भवनलाई पूर्ण भएको देखाएर पूरै रकम हिनामिन गरेका हुन् । तयार भएको भवन निर्माण गर्ना ७ लाख रुपैयाँसम्म लागेको सरोकारवालाहरुको दाबी छ । सो हिनामिनाको कागजपत्र मिलाउन सहयोग लेखापल न्यौपानेले गरेका थिए । भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग गर्नुका साथै नियमविपरीत आफैं सहभागी भई निर्माणमा हात हालेको आरोप अभिभावकहरुले लगाएका छन् ।
‘छात्रवृत्ति, पाठ्यपुस्तक, विद्यालय सुधार योजना (सिप) पि.सी.एफ.लगायतका शिर्षकहरुमा किर्ते (नक्कली) कागजातहरु बनाई जिल्ला शिक्षा कार्यालय अछाममा पेश गरी आर्थिक रकम दुरुपयोग गरेकोले यस कार्यमा संलग्न प्रधानाध्यापक गणेशबहादुर शाही र लेखापाल रामप्रसाल न्यौपाने लगायतलाई सजाय गरीपाउँ’ निवेदन पत्रमा लेखिएको छ ।
भ्रष्टाचार ढाकछोप गर्न विद्यालय व्यवस्थापन समिति मोटो रकम घुस खुवाएको र विद्यालयलाई भ्रष्टाचारको अखडा बनाएको भन्दै अभिभावकहरुले आक्रोश पोखेका छन् । र, उनीहरुले भ्रष्टाचारबारे सत्यतथ्य बुझ्न जिम्मेवार ब्यक्ति र अभिभावकहरुबाट समेत सर्जमिन गराइपाउन समेत माग गरेका छन् । साथै छानबिन गर्न सजिलोका लागि भन्दै काराेबार गरेको बैंक स्टेटमेन्ट पनि उप्लब्ध गराइएको छ ।
तुर्माखाँद गाउँपालिका वडा–६ रानीवननिवासी सम्बन्धित विद्यालयका अभिभावक तथा सरोकारवाला समुदायले अखिल क्रान्तिकारी अछामसमक्ष पेस गरेको निवेदनको पूर्ण बिबरण :
श्री प्रमुख ज्यू
अखिल क्रान्तिकारी अछाम
विषय : आवश्यक छानबिन गरी नियमानुसार कार्वाही गरीपाँऊ ।
उपरोक्त बिषयका सम्बन्धमा अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वडा–६ रानीवनको कामेश्वरी माध्यामिक विद्यालय रानीवन तलौनीमा भए गरेका भ्रष्टाचार रकम दुरपयोगका केही मुख्य–मुख्य दुरुपयोग विवरणहरु निम्नानुसार छन् । उक्त कार्य गर्ने यस विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाही र लेखापाल रामप्रसाद न्यौपानेले त्यस विद्यालयमा गरेका गलत कार्यहरुको चाँडोभन्दा चाँडो सत्य तत्थ्य पत्तालगाई छानबिन गरी दोषीहरुलाई कडाभन्दा कडा कार्वाही गरीपाउँ ।
१) यस तुर्माखाँद गाउँपालिका वडा–६ रानीवनको कामेश्वरी माध्यामिक विद्यालय रानीवन तलौनीमा बिगत २०६५ सालदेखि यता विद्यालयका प्रधानाध्यापकले नक्कली विद्यार्थी भर्ना गरी भर्नावापत विद्यालयलाई आउने सरकारी अनुदान रकमको बर्षौदेखि चरम दुरुपयोग गरेकोले उक्त कार्यमा संलग्नहरुलाई नियमानुसारको सत्य तथ्य छानबिन गरी आवश्यक कार्वाही गरीपाँऊ साथै छात्रवृद्धि, पाठ्यपुस्तक, विद्यालय सुधार योजना (सिप) पि.सी.एफ. लगायतका शिर्षकहरुमा किर्ते (नक्कली) कागजातहरु बनाई जिल्ला शिक्षा कार्यालय अछाममा पेश गरी आर्थिक रकम दुरुपयोग गरेकोले यस कार्यमा संलग्नहरुलाई सजाय गरीपाउँ ।
२) बेलाबेलामा जिल्लाशिक्षा कार्यालय अछाम बाट बिभिन्न शिर्षकहरु अन्र्तगत जाने अनुदान रकममा अधिकाँसकागजातहरु नक्कली (किर्ते गरी जिल्लाशिक्षा कार्यालयमा नक्कली कागजात पेशगरी विद्यालयको खाताबाट रकमनिकालेर आफैले दुरुपयोग गरेको हुँदा उक्त विद्यालयको सम्पुर्ण हरहिसाव सहीत सम्पुर्ण लेखा श्रेस्ताहरु जाँचबझ गरी यसमा संलग्नहरु लाई नियमानुसारको सत्य तथ्य छानबिन गरी आवश्यक कार्वाही गरीपाँउ । कम्तीमा पनि ५ वर्ष यताका लेखा परीक्षण प्रतिबेदन र सो अनुसारका बिल भर्पाई र भौचर समेत नियन्त्रणमा लिई सोही अनुसारहो या हैन सो ठाउँका जान्ने सुन्ने तथा जिम्मेवार व्यक्ति र अभिभावकहरुबाट समेत सर्जमिन गराई पाउँ .
३) नियमबिपरीत करारमा शिक्षक नियूक्ति गरी निज शिक्षकहरुलाई तलबै नदिई स्कुलबाट भगाइएको र पछि गएर आफुअनुकुलका केही ब्यक्तिहरुलाई केही रकम दिएको बाँकी केही शिक्षकहरुलाई हालसम्म पनि तलबै नदिई भगाईएको श्रम शोषण गरेकोले यस्ता कार्य गर्ने विद्यालयका अध्यक्ष र प्रधानाध्यापक गणेश बहादुर शाहीलाई नियमानुसारको कार्वाही गरी पाउँ साथै के कति कारणले शिक्षक नियूक्त गरियो ? के कति कारणले हटाईयो ? उक्त समयमा विद्यालयमा १० जना शिक्षक राखेर दादागिरी गरी चरम लापरवाही गरेको हुँदा यस्तो कार्य गर्ने गराउने र यसमा संलग्नहरुलाई समेत कारवाहीको दायरामा ल्याई नियम सम्वत कारवाही गरीपाँउ ।
४) बिगत तीन वर्षसम्मको २०६० देखि २०७१ सालको छात्रवृद्धि रकम त्यस बिद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाही र लेखापाल रामप्रसाद न्यौपानेले मिलेर दुरुपयोग गरेको कुनैपनि विद्यार्थीहरुलाई एक रुपैयाँसम्म नदिएको र जिल्ला शिक्षा कार्यालय अछाममा किर्तेकागजात पेश गरेकोले उक्त कार्यका बिल भर्पाई र भौचर समेत नियन्त्रणमा लिई सोही अनुसार हो या हैन सो ठाउँका जान्ने सुन्ने तथा जिम्मेवार ब्यक्ति र अभिभावकहरुबाट समेत सर्जमिन गराई निजह?लाई कार्वाही गरीपाउँ ।
५) तत्कालिन जिल्ला शिक्षा कार्यालय अछामबाट (दुईतले ब्लक) विद्यालयभवन नियमानुसार मिति २०७२ असारमा सम्झौता भई एक वर्षभित्र उक्त दुईतले भवनको निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरिएपनि उक्त विद्यालय भवन निर्माण गर्न विद्यालय ब्यवस्थापन समितिद्धारा निर्माण कार्य गर्नुपर्ने, सामान खरिद गर्दा नियमानुसारको प्रचलित सार्वजनिक खरिद ऐन २०६३ अनुसार बोलपत्र आव्हान गरी सामान खरिद प्रकृया पुरा गरी काम गर्नुपर्नेमा उक्त कुनैपनि कार्य नगरी विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाही र लेखापाल राम प्रसाद न्यौपाने मिलेर दादागिरी गरी गुणस्तरहीन सामान प्रयोग गरेको पाइएको छ । कुनैपनि उपसमिति गठन नगरी मापदण्डबिपरीत कार्यगरी हालसम्म निर्माण कार्य सम्पन्न नगरी उक्त विद्यालयको रकम रु ३२,००,०००। (अक्षेरुपी बत्तीस लाख रुपैयाँ मा १ तला मात्रै हालेर पाँचदेखि सात लाखसम्मको मात्रै काम गरी बाँकी रकम सबै हिनामिना गरेकोले नियमानुसार छानबिन गरी हिनामिनामा संलग्नहरुलाई समेत कार्वाहीको दायरामा ल्याई नियमानुसारको सत्यतथ्य छानबिन गरी कार्वाही गरीपाँउ । उक्त भवनको वास्ताविक सम्झौता मितिको गते थाह नभएपनि विगत ३ वर्षदेखि काम अलपत्र परेको यसैगरी टालटुल पारी उक्त विद्यालय भवनको काम सम्पन्न गरी सम्पूर्ण रकम निकासा गरेको समेत हुन सक्ने आशंका समेत छ ।
६) उक्त विद्यालयमा मिति २०६५ साल यता प्रत्येक विद्यार्थीहरुबाट एस.एल.सी र एस.ई.ई परीक्षा उतीर्ण गरी जाने विद्यार्थीहरुबाट नगदी बिनारसिद आफुखुसी रु २,५०० अक्षरुपी दुईहजार पाँच सय देखि रु ४,५०० चार हजार पाँचसय रुपैयाँसम्म असुली हिनामीना गरेको हुँदा उक्त कार्य के किन र कुन प्रयोजनका लागि भैरहेको छ । नियमबिपरीत यस्ता कार्य गर्ने उक्त विद्यालयका प्रधानाध्यापक शाही र लेखापाल न्यौपाने मिलेर दुरुपयोग गरेकोले त्यस विद्यालयमा प्रत्येक वर्ष कतिजना विद्यार्थी उतीर्ण भएका हुन् उनीहरुबाट संकलन गरिएको रकम कति हो कहाँ खर्च भयो ? यदि रेर्कड राखिएको छैन भने किन राखिएन ? नियमानुसार छानबिन गरी यस्ता कार्यमा संलग्नहरुलाई समेत कार्वाहीको दायरामा ल्याई नियमानुसारको सत्यतथ्य छानबिन गरी आवश्यक कार्वाही गरीपाँउ ।
७) यस विद्यालयका प्रधानाध्यापक शाहीले विद्यालय ब्यवस्थापन समितिलाई आर्थिक प्रलोभनमा पारी वार्षिक रुपमा ८०,००० (अक्षेरुपी ८० हजार रुपैयाँ) विद्यालय ब्यवस्थापन समितिलाई घुस दिई विगत २ वर्षदेखि उक्त विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाही विद्यालयमा नगएरै हजिरी गरी तलब खाइरहेकोले यस्ता कार्य गर्ने गराउने हरु लाई नियमानुसारको कार्वाही गरीपाँउ ।
८) कामेश्वरी माध्यामिक विद्यालय रानीवन तलौनीमा मा.बि. राहत गणीत बिषयमा शिक्षक नियूक्ती गर्दा कुनै प्रकृया पुरानगरी एक चौमासिक तलब प्रधानाध्यापक शाही र लेखापाल न्यौपानेले मिलेर घुस खाई अस्थायी वा स्थायी अध्यापन अनुमतिपत्र नलिएका शिक्षक नियूक्ती गरेको केही वर्षपछि मात्र निजले अध्यापन अनुमतीपत्र लिएको, अध्यापन अनुमतीपत्र प्राप्त योग्य उम्मेदवारहरुलाई परीक्षा दिनबाट वञ्चित गरी परीक्षा समिति समेत गठन नगरी कुनैपनि बिज्ञहरुको सल्लाह नै नलिई परीक्षा नै नगराई एकलौटी ढंगबाट शाहीले आफुखुसी निर्णय गरेको हुँदा यस्ता कार्यमा संलग्नहरुलाई नियमानुसारको सत्यतथ्य छानबिन गरी आवश्यक कार्वाही गरीपाँउ ।
९) सेती परियोजना अन्तर्गतको भवन हालको अवस्थामा उक्त भवनको मुल्यांकन गर्ने हो भने करिब रु ३५,००,००० देखि ४०,००,००० (अक्षेरुपी ३५ लाखदेखि ४० लाख बरावरको ६ कोठे भवन कसैलाई जानकारी तथा कसैको पनि सहमति नलिई सम्बन्धित सरोकारवालाहरु कसैलाई पनि जानकारी नै नगरी सम्बन्धित पक्षबाट सहमति नलिएर बिक्रीबितरण गरेर उक्त रकम सबै हिनामिना गरी सार्वजनिक सम्पतिमाथि गीद्धेनजर राखेकोले उक्त विद्यालय भवन किन र कुन प्रयोजनका लागि बिक्री गरिएको हो ? यसमा उक्त विद्यालय निरीक्षण गर्ने श्रोतब्यक्तिहरु पनि किन मौन रहे ? यस्ता कार्य गर्दा चुपचाप बस्नुको पछाडि कुनै रहस्य अवश्य नै छ । यो भवन किन बिक्री गरियो ? यसरी राष्ट्रसेवक कर्मचारीहरुले (सरकारी शिक्षक) विद्यालयका खानेपानीका पाईप लगायतका सार्बजनिक सम्पत्ति बिक्रीवितरण गरेको उक्त रकमको हरहिसाव समेत नभएको हँुदा निज प्रधानाध्यापक शाही र लेखापाल न्यौपानेलाई सरकारी सम्पत्ति दोहन गरेवापत प्रचलित नेपाल कानुनअनुसार सरकारी कर्मचारीलाई हुने हदैसम्मको कार्वाही गरीपाँउ । अब बर्षायाम सुरु हुन लाग्दा विद्यार्थीहरुलाई बस्नेभवन नै छैन दिउँसो पानी प¥र्यो भने विद्यार्थीहरुको छुट्टीगरी घरपठाउनुको विकल्प नरहेको हुँदा यतिसम्म चरम लार्पवाही किन भयो ? यसलाई तत्काल छानबिन प्रकृयामा लगी विद्यार्थीहरुलाई ढुक्कसँग विद्यालयमा पढनपाउने बातावरण सृजना गरिदिन हुन समेत बिनम्र अनुरोध गर्दछौं ।
१०) मिति २०६० साल चैत्र २३ गते ध्रुवतारा प्राथमिक विद्यालयको खातामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अछामबाट रु २,००,०००। (अक्षरुपी दुई लाख रुपैयाँ) त्यसैदिन बैंकबाट पहिले चेक झिकिएको पछि मात्र डिपोजिट भई सोही दिन उक्त रकम बैंकबाट चेक झिकी कामेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेशबहादुरकै नामबाट बैंकबाट झिकिएको बैक स्टेटमेन्टले देखाउँछ । हामीहरुले उक्त कार्य के कसरी हुन गएको हो ? भनी बुझने क्रममा निज कामेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक शाहीले कामेश्वरी माध्यामिक विद्यालयको रकम गल्तीले ध्रुवतारा आधारभुत (प्राथमिक) विद्यालयको खातामा गएकोले मैले लिएको हँु । यो रकम मेरो विद्यालयको हो भनी भनेकोले यस्ता कार्य गर्ने र गर्न लगाउनेहरु तथा यस्ता कार्यमा संलग्नहरुलाई समेत कारवाहीको दायरामा ल्याई उनीहरुलाई नियमानुसार कारवाही गरीपाँउ । उक्त रकम के कति कारणले किन त्यसो हुन गएको हो ? हालसम्म पनि पत्ता लगाउन सकिएको छैन । प्रमाणस्वरुपः ध्रुबतारा प्राथमिक विद्यालयको बैंक स्टेटमेन्टसहित यसैसाथ संलग्न छ ।
११) जयनन्द जैसीका पालामा निज जयनन्द जैसी उपभोक्ता समितिको अध्यक्ष हुँदा उहाँबाट लिएको रु १,००,००० (अक्षरुपी एक लाख रुपैयाँ) समेत प्रधानाध्यापक शाही र न्यौपाने मिलेर खाएको ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु