प्रधानमन्त्री भारत भ्रमणको तयारीमा

२०७२ माघ २१ गते, बिहीबार

काठमाडौ , २१ माघ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेललाई प्रम ओलीको भ्रमणको तयारीका लागि माघ २५ मा भारत पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुनमा गर्ने भनिएको भ्रमणबारे छलफलका लागि अर्थमन्त्री विष्णु पौडेल भारत जाने लागेका हुन् । ‘प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने भनिएको भ्रमणबारे आपसी छलफलका लागि अर्थमन्त्री माघ २५ मा भारत जाँदैहुनुहुन्छ’, बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शेरधन राईले भने, ‘अर्थमन्त्रीले त्यहाँ रहँदा नाकाबन्दीले आएको समस्याबारे पनि कुरा गर्नुहुनेछ ।’ भारतीय नाकाबन्दी पूर्णरुपमा हटेमा प्रम ओलीले फागुनमा भारत भ्रमण गर्ने चर्चा छ । प्रम ओली आफैँले पनि नाका खुलेपछि पहिलो भ्रमण भारत नै हुने संकेत गरिसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु