प्रधानमन्त्रीद्वारा राजीनामा

२०७६ जेष्ठ १० गते, शुक्रबार

काठमाडौं, १० जेठ । तीन वर्षसम्ममा पनि युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छिन् । प्रधानमन्त्री मे को राजिनामा आगामी जुन ७ बाट लागु हुनेछ । उनले जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको उत्तराधिकारीबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तर नयाँ प्रधानमन्त्री नचुनुन्जेल उनी पदमै रहन्छिन् । भावुक सम्बोधन गर्दै प्रधानमन्त्री मेले युरोपियन युनियनबाट बेलायत छुट्टयाउनका लागि आफूले सक्दो प्रयास गरेको बताइन् । अब बन्ने प्रधानमन्त्रीले पनि देश हितका लागि त्यो प्रयास जारी राख्ने उनको भनाइ छ ।
प्रधानमन्त्री मेले बे्रक्जिट प्रक्रियालाई टुंग्याउन नसक्दा आफुलाई निकै पश्चाताप भएको पनि बताइन् । राजीनामा घोषणा गर्दै गर्दा उनको गला अवरुद्ध भएको थियो । बेलायती इतिहासमा आफु दोस्रो महिला प्रधानमन्त्री भए पनि यो नै अन्तिम नभएको मेले बताइन् । प्रधानमन्त्रीको रुपमा काम गर्नु पाउनु जीवनकै गर्व भएको उनको भनाइ थियो ।- एजेन्सी

प्रतिक्रियाहरु