प्रधानमन्त्रीको सवारीलाई लक्षित गरी आक्रमण

२०७४ फाल्गुन ३० गते, बुधबार

काठमाडौँ , ३० फागुन । प्यालेस्टाइनका प्रधानमन्त्री रमी हमदुल्लाहको सवारीलाई लक्षित गरी गाजा क्षेत्रमा हमला भएको छ । प्रधानमन्त्री हमदुल्लाह भने सो हमलामा सुरक्षित रहन सफल भएको अधिकारीहरुले जनाएका छन् । सवारीमा सुरक्षा दिइरहेका केही सुरक्षाकर्मी भने हमलामा परी घाइते भएका छन् । सो हमलाको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन ।
प्यालेस्टाइनका अधिकारीहरुका अनुसार प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यले हमला भएको देखिन्छ । गाजा क्षेत्रमा प्रभाव बढाएको हमासले सो हमला गरेको हुन सक्ने उनीहरुको आशंका छ । हमासले भने सो हमलामा आफ्नो संलग्नता नरहेको जनाएको छ । हमासका प्रवक्ता फवजी बरहोमले हमलाको छानविन गरिने जनाएका छन् । राष्ट्रपति महमुद अब्बासले सो हमलाको निन्दा गरेका छन् । उनले प्यालेस्टाइनका नागरिकको स्वतन्त्रता हासिल गर्ने अधिकारलाई कुल्चने प्रयासस्वरुप हमला भएको प्रतिक्रिया जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु