प्रधानमन्त्रीको भारत भ्रमण फागुन ७ गते तय

२०७२ माघ २३ गते, शनिबार

काठमाडौ, २३ माघ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण फागुन ७ गतेदेखि सुरु हुने प्रारम्भिक तालिका तय भएको छ । १३५ दिनको लगातार नाकाबन्दीपछि रक्सौल नाका बीरजगंज शुक्रबार नाका सहज भएलगत्तै विदेश मन्त्रालयले भ्रमण तालिकाबारे दिल्लीस्थित कुटनीतिक नियोगलाई जानकारी गराएको छ। स्रोतका अनुसार फागुन ७ गते प्रजातन्त्र दिवसको विशेष समारोहमा बिहान काठमाडौंमा सहभागी भएर ओली सोही दिन दिल्ली उत्रने छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु