प्रधानमन्त्रीको निर्देशनमा सार्वजनिक खरिद नियमावली गुपचुपमा संशोधन !

२०७७ बैशाख १७ गते, बुधबार

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा केही ठेक्काको म्याद थप गर्ने गरी सार्वजनिक खरिद नियमावली दसौंपटक संशोधन गरिएको छ । निर्माण व्यवसायी, सार्वजनिक खरिद अनुगमन र सार्वजनिक निकायका अधिकारीहरूले परामर्शबिनै नियमावली संशोधन भएकामा आश्चर्य व्यक्त गरेका छन् ।
गत आइतबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको भनिए पनि नियमावली संशोधनबारे बैठकमा छलफल नभएको एक मन्त्रीले बताए । ‘लकडाउनका कारण धेरै ठेक्काको समय सकिएको छैन,’ सार्वजनिक खरिदबारे जानकार एक सरकारी अधिकारीले भने, ‘अहिले संशोधन भएको व्यवस्थाअनुसार लकडाउनअघि नै समय सकिएका ठेक्काहरूको म्याद थप गर्ने बाटो खुला भएको छ ।’ उनका अनुसार पहिल्यै म्याद गुज्रिइसकेका सीमित ठेक्काका लागि नियमावली संशोधन भएको हो ।
संशोधित नियमावलीको नियम १२० मा थपिएको प्रावधानअनुसार, वैशाख १४ गतेसम्म समय सकिएका ठेक्काको म्याद थप्न सकिनेछ । ‘म्याद थप्न निर्माण व्यवसायीले २१ दिनभित्र निवेदन दिनुपर्नेछ,’ नियमावलीमा उल्लेख छ । उक्त व्यवस्थाअनुसार आगामी जेठ ७ गतेभित्र निवेदन दिई ठेक्काको समय थप्न सकिन्छ । एकपटक थपिएका ठेक्कको म्याद फेरि थप्न नपाइने भएकाले ‘स्वार्थका ठेक्का’ लाई निरन्तरता दिन नियमावली नै संशोधन गरिएको ती अधिकारीले बताए । -कान्तिपुर दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार