प्रधानन्यायाधीशमाथि लागेको यौन उत्पीडन आरोपको सुनुवाइ

२०७६ बैशाख ८ गते, आईतवार

काठमाडौं, ८ वैशाख । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि लागेको यौन उत्पीडन सम्बन्धी आरोपको सुनुवाइ भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रञ्जन गोगोई, न्यायाधीश अरुण मिश्रा र संजिव खन्ना रहेको विशेष बेन्चमा शनिबार सुनुवाई भएको हो । बेन्चले प्रधान न्यायाधीशमाथिको आरोप बारेमा अन्य न्यायाधीश सहितको एक विशेष वेञ्चमा सुनुवाई गर्ने जनाइएको छ । प्रधानन्यायाधीस गोगोई माथि उनकै एक पूर्व सहयोगी जुनियर असिस्टेन्टले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई हिजो पत्र लेखी आफूलाई गोगोईले सरकारी निवासस्थित कार्यालयमा गत वर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी थिइन् । आफु गोगोईका प्रस्तावमा सहमत नभएपछि जागीरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छिन् । तर, प्रधानन्यायाधीश गोगोइले आरोपको खण्डन गरेका छन् । उनले आफूविरूद्ध अदालतका पूर्व कर्मचारीले लगाएको आरोप ‘अविश्वशनीय’ रहेको र यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाई गर्न रोक लगाउने प्रयासबाट प्रेरित अभिव्यक्ति मात्र भएको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु