प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप !

२०७६ बैशाख ७ गते, शनिबार

काठमाडौं, ७ वैशाख । प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप लागेको छ । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि नका पूर्व जुनियर असिस्टेन्टले नै यौन उत्पीडनको आरोप लगाएकी हुन् । शनिबार नै तीन न्यायाधीशको बेञ्च बसेको छ । गोगाईको अध्यक्षमा अरुण मिश्रा र संजीव खन्नासहित तीन न्यायाधीशको बेञ्चमा अवकासको मितिबारे छलफल भएको बताइएको छ । प्रधानन्यायाधीश गोगोईले भने न्यायपालिकाको स्वतन्त्रता गम्भिर खतरामा रहेको र आफूमाथि लागेको आरोप न्यायालयलाई अस्थिर बनाउने ‘ठूलो षड्यन्त्र’ भएको बताएका छन् । आफूमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाको पछाडि ठूलो शक्ति रहेको उनको दाबी छ । उनको दाबी छ कि यदि न्यायाधीशले यस्तो स्थितिमा काम गर्नुपर्‍यो भने राम्रो मानिस यो अफिसमा आउने छैनन् ।
बीबीसी हिन्दीका अनुसार आरोप लगाउने महिलाले सुपि्रम कोर्टका २२ न्यायाधीशलाई एक चिठ्ठी पठाएकी छन्, जसमा गोगोईमाथि यौन उत्पीडन गरेको, यसमा सहमत नभएका कारण जागिरबाट हटाएको र त्यसपछि पनि आफू तथा आफ्नो परिवारलाई अनेक उत्पीडन गरेको आरोप लगाइएको छ । भारतको सुप्रिम कोर्टले प्रधानन्यायाधीशमाथि लागेको आरोपबारे रिपोर्टिङ गर्दा संयम र समझदारी कायम राख्न आग्रह गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रियाहरु