प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित

२०७६ पुष २७ गते, आईतवार

काठमाडौं , २७ पुष । प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभा बैठकबाट पारित गरेको छ। हेटौंडा राजधानी राख्ने पक्षमा एक सय ५ मत आएको छ। धुलिखेल राख्नुपर्ने पक्षमा तीन मत आएको छ। विवेकशील नेपाली दल र साझा पार्टीले मात्रै धुलिखेल राजधानी राख्नुपर्ने प्रस्ताव गरेको थियो। यो प्रस्तावलाई प्रदेशसभा बैठकले अस्वीकृत गरिदिएको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले संयुक्त प्रस्ताव पेश गर्दै हेटौंडा राजधानी राख्ने पक्षमा मतदान गरेका थिए। नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसको संसदीय दलले राजधानी हेटौंडा तथा नाम बागमती राख्ने निर्णय गरेका थिए। प्रदेशको नाम बागमती राख्न प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दल सहमत छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु