प्रथम महिलाहरू भक्तपुर भ्रमणमा

२०७१ मंसिर ११ गते, बिहीबार


काठमाडौं । १८ औं सार्क शिखर सम्मेलनमा काठमाडौं आएका सरकार प्रमुखका ‘प्रथम महिला’ हरू आज भक्तपुर घुम्न जाँदै छन् । उनीहरू बिहान ९:१५ बजे सोल्टी होटलबाट निस्कने कार्यक्रम छ । १० बजे भक्तपुरमा पुग्ने उनीहरूलाई परराष्ट्र मन्त्रालयकी सह-सचिव अम्बिकादेवी लुइँटेलको टोलीले स्वागत गर्नेछ ।
नेपालकी प्रथम महिला सुजाता कोइराला, संविधानसभामा भक्तपुरबाट निर्वाचित भएका सभासद, भक्तपुरका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास पदाधिकारी, जिल्ला विकास कमिटीका पदाधिकारी र भक्तपुर नगरपालिकाका पदाधिकारीले पनि पाहुनाहरूलाई स्वागतमा गर्नेछन् । लगत्तै ‘प्रथम महिला’हरूले दरबार स्क्वायर र संग्रहालयमा भ्रमण गर्नेछन् । त्यसपछि उनीहरूले भक्तपुर चेम्बर्स अफ कमर्स तथा उद्योगको आयोजना रहेको हस्तकला प्रदर्शनीमा अवलोकन गर्नेछन् । तौमाती मन्दिर पुगेपछि उनीहरू बजार घुम्न निस्कने छन् । लगत्तै न्यातापोल क्याफेअघि रहेको डबलीमा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नेछन् । क्याफेमा चिया/कफी खाएपछि १२ बजे भक्तपुरबाट होटल र्फकने कार्यक्रम छ । होटलमा लन्च गरेर आराम गरेपछि करिब ३ बजे शिखर सम्मेलनको समापन समारोहका लागि राष्ट्रिय सभागृहतर्फ लाग्नेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार