प्रति घण्टा ४०० किलोमिटरले रफ्तारले कुद्ने रेल

२०७५ बैशाख २५ गते, मंगलवार

काठमाण्डौ , २५ वैशाख । हालै चीनले संसारसामू आफ्नो स्वदेशी यात्री विमान प्रस्तुत गरेको छ । ४०० किलोमिटर प्रति घण्टाको रफ्तारले कुद्ने पहिलो बुलेट ट्रेन बनाएर पनि उसले चीनले आफूलाई सर्वशक्तिमान बनाइरहेको छ। यसका साथै कुडिरहेको इलेक्ट्रोनिक कार रिचार्ज गर्ने स्मार्ट रोड्सदेखि रोबोट्स र स्याटेलाइटसम्म चीनले आफ्नो उत्कृष्टता देखाइसकेको छ। चीनमा एप्पल, जीएम, भोक्सभैगन र टोयटाजस्ता कम्पनीहरु आफ्नो फ्याक्ट्री र रिसर्च सेन्टर चलाइरहेका छन् । यो सबै ‘मेड इन चाइना २०२५’ योजनाका हिस्सा हुन् । यो योजनाको उद्देश्य चीनलाई उद्योग र प्रविधिको क्षेत्रमा शक्तिशाली बनाउनु हो । चीनले खुला रुपमा भनिसकेको छ कि उ सस्तो जुत्ता, कपडा र खेलौना सप्लाई गर्ने आफ्नो छवि परिवर्तन गर्न चाहन्छ । चीन चाहन्छ कि कम लागत श्रमवाला देशबाट इन्जिनियरहरु भएको देश बन्न सकियोस् । सन् २०२५ सम्म मेड इन चाइना योजना लागु गरेर चीन संसारमा आफ्नो दबदबा हासिल गर्न चाहन्छ । चीनको यो योजनालाई लिएर अमेरिकाका केही आपत्तिहरु छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार चीन ‘प्रविधि चोरी’ गरिरहेको छ। अमेरिकाले यसलाई राष्ट्रिय सुरक्षा र खुला प्रतिस्पर्धाका लागि खतरा बनाउँदै आएको छ। अमेरिका र चीनबीच यो विवादको कारण बनिरहेको छ, जसका कारण दुई देशबीच ‘ट्रेड वार’ को अवस्था सिर्जना हुँदैछ । हालै अमेरिका र चीनले एकअर्काबाट आयात गरिने केही सामानमा शुल्क बढाएका थिए ।
राष्ट्रिय सुरक्षा ?
अमेरिका शी जिनपिंगको रणनीतिबाट निकै चिन्तित देखिँदैछन् । अमेरिकाको ‘सेक्रेटी अफ कमर्श’ विलबुर रोसले यो रणनीतिलाई ‘खतरनाक’ को संज्ञा दिएका थिए । उनले भनेका थिए–चीन संसारको फ्याक्ट्री थियो र अब उ संसारको प्रविधिको केन्द्र बन्न चाहन्छ । चीन आफ्नो महत्वकांक्षाहरुलाई जायज ठहराउँछ र अमेरिकाले लगाएको आरोप खारेज गर्दै आएको छ। चीनका वित्तमन्त्री झु गुआंग्यो भन्छन्–कुरा यहाँ राष्ट्रिय सुरक्षाको होइन, बरु भेदभावको हो ।
बीबीसी वर्ल्डसँग कुरा गर्दै ‘हाउ चीन बिकम अब क्यापिटलिस्ट’ का सहलेखक तथा रोनाल्ड कोज इन्स्टिच्युटका बरिष्ठ रिसर्चर निंग वांग भन्छन्–मेड इन चाइना २०२५’योजना चीन र अन्य देशका लागि लाभदायी सावित हुनेछ । उनी अगाडि भन्छन्–किनभने चिनले संसारलाई सबैभन्दा बढी युनिभर्सिटी डाक्टर्स दिएको छ । त्यसैले अरु बढी इनोभेसन गर्नु उसको कर्तव्य हो ।
यद्यपि निंगले यो रणनीति सरकारी कम्पनीहरुमा बढी केन्द्रित हुने चेतावनीसमेत दिए । रिसर्चर भन्छन्–यो योजनालाई सफल बनाउनका लागि निजी कम्पनीहरुलाई पनि ध्यानमा राखिनु पर्दछ ।
‘जित्नेले सबै कुरा हासिल गर्दछ’
बेइजिङले यो रणनीतिको घोषणा सन् २०१५ मा गरेको थियो ।तर विश्लेषकहरुका अनुसार यो निकै पहिलादेखि चीनको दिमागमा थियो । चिनियाँ प्रपिवधि नीतिका विशेषज्ञ डोग्लस फूलर भन्छन्–यो कार्यक्रमका लागि ठुलै लगानी गरिँदैछ, साथै विदेशी कम्पनीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाबाट प्रविधि हस्तान्तरणका लागि दबाव दिइँदैछ। प्रविधि हस्तान्तरण निकै फरक तरिकाबाट गर्ने गरिन्छ । उदाहरणका लागि चीनको मार्केटमा घुस्नका लागि कुनै विदेशी कम्पनीलाई स्थानीय कम्पनीसँग साझेदारी गर्नुपर्ने हुन्छ । यसका साथै चीन आफ्नो रणनीतिअन्तर्गत विदेशी कम्पनीहरुलाई किन्ने पनि गर्दछ । जस्तै चिनियाँ कम्पनी गीलि मर्सिडिज–बेन्जको स्वामित्ववाला कम्पन जर्मन कम्पनी डैमलरमा सबैभन्दा बढी शेयर लगानी गर्ने कम्पनी बनेको छ। यसका साथै चीनका कयौ यस्ता कानुन छन् जसले प्रविधिसम्बन्धी ठुला कम्पनीहरुलाई स्थायी रुपमा बस्नका लागि बाध्य पार्दछ ।
उदाहरणका लागि एप्पल चीनमा एउटा स्थानीय कम्पनीसँग मिलेर आफ्नो पहिलो डेटा स्टोरेज सेन्टर खोल्दैछ, जसबाट उ चिनियाँ सरकारको नयाँ नियमहरु पालना गर्नेछ । यसबाट कम्पनीसँग सम्बन्धित सम्पूर्ण महत्वपूर्ण जानकारीहरु चीनलाई प्राप्त हुनेछ । यद्यपि फूलर यो योजनाको कयौ जोखिममा पनि कुरा गरिरहेको छ।
फूलरले भनेको छ–चीन आफ्नो यो योजनाका लागि सरकारी कम्पनीहरु चयन गर्नेछ र बढीभन्दा बढी प्रविधि किन्ने कोशिस गर्नेछ। तर यो चीनका लागि त्यति सजिलो भने हुने छैन, किनभने वाशिङ्गटन ब्रसेल्स, टोक्यो, सियोल वा ताइपेईजस्ता स्थान यस्तो सजिलैसँग गर्ने छैनन् । फुलर भन्छन्–चीन मात्र आफुलाई फाइदा पुराउन चाहन्छ । त्यो अन्य देशका सरकार र संस्थानहरुका लागि बढी लाभदायी सावित हुने छैन । इनोभेसन सेन्टर्स सधैं चीनको इच्छालाई लिएर चिन्तित रहनेछन् ।
बेइजिङमा एउटा ल फर्म विल्मरहेलसँग सम्बन्धित र यूएस–चीन च्याम्बर अफ कमर्शका सदस्य लेस्टर राँस भन्छन्–चीनको योजनामा कम्पनीहरुलाई काम गर्नका लागि निष्पक्ष नियम भएको जमिन उपलव्ध गराउँदैन । बीबीसीसँग कुरा गर्दै राँसले भने–चीन ठुलो मात्रामा अनुदान दिएर बजार बिगारिरहेको छ । उ विदेशी कम्पनीहरुमाथि प्रविधि हस्तान्तरण गर्नका लागि दबाव दिइरहको छ। ‘मेड इन चाइना’ लाई रणनीतिको क्षेत्रमा घरेलु बजारको ७० प्रतिशत हिस्सालाई २०२५ सम्म आफ्नो कम्जामा लिने उद्देश्यसहित डिजाइन गरिएको छ। विशेषज्ञहरुको भनाइ मान्ने हो भने यो लक्ष्य हासिल गर्नका लागि चीनले कयौ चुनौतिहरु पनि सामना गर्नुपर्नेछ । उसले अन्तर्राष्ट्रिय अवरोधहरुको सामना गर्नुका साथसाथै यो पनि ध्यानमा राख्नुपर्ने छ कि उसको प्रतिद्वन्द्वी कयौ वर्षअघि नै यो दौडमा उत्रिसकेका छन् । यो सबै कुराका बावजुद संसारको दोस्रो सबैभन्दा ठुलो अर्थव्यवस्थामा आफ्नो योजना समयभन्दा केही पहिला लागु गर्दाका कयौ फाइदा पनि प्राप्त हुन सक्दछ।- बीबीसी हिन्दी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार