प्रतिरोध संघर्षको बिकल्प छैन – सुमनसिंह पौडेल

२०७५ असार ९ गते, शनिबार

यतिबेला मुलुकमा दुईओटा राजनितिक धार बिच मुख्य संघर्स चलिरहेको छ । एउटा राजनितिक धारको नेतृत्व केपि ओलि र पुस्पकमलहरुले गरिरहेका छन । अर्को तर्फ नेत्रबिक्रम चन्द बिप्लबले एउटा धारको नेतृत्व गरिरहेका छन । जनताहरुलाइ लुट्ने सोसण गर्ने र नाफा कमाउने दलाल पुंजिबादको रक्षा केपि ओलिहरुले गरिरहेका छन । उनिहरु फांसिबाद उन्मुख छन र दलाल संसदिय ब्यवस्थाको माध्यमबाट दलाल पुंजी र पुजिपतिहरुको रक्षा गर्न लाग्नु उनिहरुको प्रमुख काम बन्न गएको छ । साथै यस्तो कुकर्मको बिरोध गर्दै रास्ट्र र जनताको भविस्यको बिसयमा स्पष्ट भएर जनताको पक्षमा आन्दोलित बन्नु बिप्लबहरुको काम बन्न गएको छ ।
यसरी कित्ता छुट्टिने क्रम अगाडि बढेको छ । यतिबेला जनताहरुको बिचमा रहेको भ्रमबाट जनता मुक्त बन्दै गैरहेका छन । छ दशक लामो संसदिय ब्यवस्था र यो ब्यवस्थाले आज नेपाल र नेपाली जनताहरुमाथी थोपरेको सोसण कहाली लाग्दो छ । जनताहरु आजको दिन सम्म आइपुग्दा बांच्नको निम्ति मात्र पनि ठूलो संकट झेलेझैं हुनुपर्ने स्थिती बनेको छ । नदिनाला लगायत सबै मुख्य प्राकृतिक श्रोत साधनमाथि दलाल र माफियाहरुको नियन्त्रण रहन पुगेको छ । जनताहरु अरबमा ५० डिग्री सेल्सियसको गर्मीमा काम गरिरहेका छन । समाजलाइ नेतृत्व दिन भनेर देखापर्ने हरु सबै भ्रस्ट र तस्करहरुमात्र छन । यस्तो अवस्थामा देश छर जनता छन । महंगी बढाइएको छ, सेवासुबिधा बढ्नुको साटो झन कटेर गएको छ । यी सबै बिसयहरुले तपाईं हामी आम जनसमुदायलाई कंही न कंही नया निकास अर्थात बिकल्पको खोजी गर्ने स्थितिमा पुर्याएको छ ।
जनताहरुको आंखै अगाडि करडौं भ्रस्टाचार भैरह्को छ । सिंह दरवारको अधिकार गाउँ गांउमा आएको भन्दै स्थानिय जनप्रतिनिधिहरु आंफुखुसी गरिरहेका छन । विभिन्न योजनाहरुको नाममा बजेट बिनियोजन गर्ने र छुट्ट्याइएको रकमको ३०५ काम गरेर अरु रकम हिनामिना गर्ने काम यतिबेला जनप्रतिनिधीहरु गरिरहेका छन । आफ्ना कार्यकर्ताहरुलाइ विभिन्न सिर्सकमा रकम छुट्ट्याईदिएर कार्यकर्ता पोस्दै आंफुपनी कमिसनमा बसेर जसरी हुन्छ धेरै भन्दा धेरै कसरी लुट्न सकिन्छ भनेर लुटको खेती लगाउदैछन जनप्रतिनिधिहरु । यतिबेला समाज पुर्णत दलाल तस्कर र गुण्डाहरुको नियन्त्रणमा छ । जनप्रतिनिधिहरु भनेकै दलाल तस्कर र गुण्डाहरु हुन भन्दा अन्यथा नहोला । किनभने उनिहरुको आम चरित्र यतिबेला यस्तो हुन पुगेको छ । पार्टिका दलका कार्यकर्ताहरुको खेती यतिबेला जसरी हुन्छ सत्ता शक्तिको दुरुपयोग गरेर आफ्नो दुनो सोझ्याइहालौं भन्ने तिर स्पस्ट छ । यि सबै दृस्टान्तहरु फगत आरोपमात्र होइनन अहिले जनताको बिचमा छर्लङ्ग छन यि व्यवहार र कामहरु । यसर्थ जनतालाइ अहिलेको सरकार र सत्ताको कामले कुनैपनी कोणमा सकारात्मक प्रभाब पार्न सकेको छैन । आधारभुत आवश्यकताहरुको दास नेपाली जनताहरु बिचार र दृस्टिकोणमा केहि माथिनै छन । जनताले कुरा बुझेका छन यो सरकार र सत्ताले जनताको माग, आवश्यकता र चाहाना बमोजिम कुनैपनी काम अगाडि बढाउन सक्दैन । यसर्थ यतिबेला जनताले खोजेको नया बिकल्प अर्थात अर्को कुनै निकास बिप्लबले भनिरहेको बैज्ञानिक समाजबादि सत्ता र जनाधिकारको संघर्षनै हुने कुरामा जनता कन्भिन्स भएका छन । अहिले गाउँ गाउँ गएर जनतासंग कुरा गर्दा पाइने प्रतिकृया यहि छ । जनताले जसरि हुन्छ छिटो भन्दा छिटो जनता र रास्ट्रको मुक्तिको निम्ति केही गरिदिनपर्यो भन्ने संदेश दिएका छन । र जनताहरु यो सत्ता मिल्काएर नया जनबादी सत्ता स्थापना गर्ने आन्दोलनमा सहभागी हुने कुरापनि स्पस्ट हुँदै गएको छ ।
यतिबेला हाम्रो नेपालमा आम जनताको दिमागमा सरकार भन्ने बित्तिकै दलाल तस्कर भ्रस्ट गुण्डा जस्तो भाब सहितको चित्र बन्ने र नेपाल कम्युनिस्ट पार्टी अर्थात जनताले छिटो९ बिप्लब ० भन्दा चिन्छन यो जनताको मित्र, जनताको काम गर्ने, दलाल भ्रस्ट र तस्करहरुको बिरोधी , न्याय दिने शक्ति अर्थात आफ्नोचैं यहि हो भन्ने परेको छ । यसर्थ यो देशमा अहिले दलाल सरकार र क्रान्तिकारी कम्युनिस्टहरुको जनबादी सत्ताको बिचमा संघर्ष छ । जनताको साथ स्वभाविक हिसाबले क्रान्तिकारी कम्युनिस्ट पार्टी र सत्तालाइ छ र जनताको बिरोध दलाल संसदिय ब्यवस्था र तस्कर सरकार र संचालक ओलि प्रचण्ड लगायतका हरु बिरुद्ध केन्द्रित छ ।
यो जायज आन्दोलनलाइ अहिलेको फांसिबाद उन्मुख तस्करहरुको सरकार दमन गर्न अगाडि सरेको छ । नेकपाको लोकप्रियताबाट अताल्लिएको सरकार राज्यको साधन श्रोतको दुरुपयोग गरेर जनताहरुमाथी व्यापक दमन गर्दैछ । गैर न्यायिक हिरासतमा लिने अनावश्यक यातना दिने, झुट्टा मुद्दा लगाएर फंसाउने, आतंकित पार्ने यस्ता कामहरु यतिबेला सरकार गर्दै छ । जनताहरुको आवाजलाइ कैद गरेर, आफ्ना केही पुर्बाग्रहहरु अगाडि सारेर आज जनताहरुमाथी जस्तो प्रकारको दमन भैरहेको छ यसले भाबी दिन भिसण आन्दोलन र बिद्रोहका दिनहरु हुनेछन भन्ने आधार तयार पारेको छ । अदालतले रिहाइ गर्नु पर्ने आदेश गरिरहदा सरकार चोर जस्तो गेटबाटै झ्याप्प समाउने र अर्को हिरासतमा लाने काम गरिरहेको छ । नेकपाका केन्द्रिय सदस्य किरण राई सहित ४०र४५ जना पुर्बकै नेता कार्यकर्ता र सर्वसाधरण जनताहरु यतिबेला सरकारको यो चोर ब्यबहारको सामना गर्न बाध्य छन । यति सम्म लाछी र कपटी छ यो सरकार यसले घरमा बसेर २ महिनाको नानिलाइ दूध खुवाइ रहेको अवस्थामा तैंले बम पड्काइस तैं होस यो सबै गर्ने भन्दै महिनौ हिरासतमा थुन्छ । यति सम्म गैन्यायिक र मानवाधिकारको उलंघन सरकारले गरिरहंदा यहाँ अधिकारकर्मीहरु बोलेको पाइन्न । अधिकार कर्मिहरुहरु पनि सत्ताको भत्ता र सेवा सुबिधामा रहेछन भन्ने स्पस्ट हुँदै गएको छ । सुकुम्बासिको घरमा डोजर लगांउदा एकसब्द नबोल्ने अधिकारकर्मि हरु सुकुम्बासिले प्रतिरोध गर्दा चर्को स्वरमा यो आतंककारी गतिबिधी भयो भन्ने आसय र भाब बोल्न पुग्छन । यधपि नेकपाका नेता कार्यकर्ता माथिको धरपकड दमन यातना र जनताको जिवनमाथिको राज्य दमन यतिबेला जनताहरुले हेरिरहेका छन बुझिरहेका छन, महसुस गरिरहेका छन । दमनले सिमा नाघेकै हो, आखिर यहाँ भएको के हो रु अरुण थर्डमा बम पड्कियो( ठिकै भएको छ । किनकी नेपालको लागि निक्कै सस्तोमा निर्माण गर्न सकिने उक्त हाइड्रो प्रोजेक्ट भारतियहरुलाइ सरकारले दियो । नेकपाले यसको बिरोध गर्दै यो भारतिय कम्पनिलाइ दिन नहुने भन्दै सरकारलाई खबरदारि गर्यो र भारतिय कम्पनीलाई छोडेर जाउ भनेर पत्र पठायो नेपालको चोर सरकार र भारतिय कम्पनी मानेन अनि त्यंहा बम पड्कियो । यसमा रास्ट्र र जनताको अहित कहाँ भएको छ र त्यांहा दमन गर्नु पर्ने रु बिराटनगर स्थित भारतिय बाणिज्य दुताबासमा बम पड्कियो – ठिकै भयो । सप्तकोसीको बाढी प्रकोपमा नेपाललाइ सहयोग गर्ने उदेश्यले स्थापना गरिएको उक्त दुताबास जबर्जस्ती नेपालमा राखेर नेपालको स्वाधिनता माथि किन हस्तक्षेप गरेको रु त्यंहा बम नपड्किएर के पड्काउनु पर्ने हो रु त्यांहा बम पड्किदा कुनचैं देशभक्त नेपालिले बेठिक भन्यो र रु आखिर दुताबास हटाउने निर्णयपनी त चोर सरकारले लिएको छ । व्यापक जनदबाब र प्रतिरोधको कारण दुताबास हटाउने निर्णय सरकारले लिएको छ । भारतले अटेर गरेर नहट्न सक्छ त्यंहा फेरि बम पड्किन सक्छ । यसमा के दोश छ नेकपाका नेता कार्यकर्ता र जनताको रु छैन भने यिनै आरोपहरु लगाएर किन दमन गरिन्छ रु । चुणामणी शर्माको घरमा आक्रमण भएको छ, कयौं स्काभेटर र डोजरहरु जलेका छन । कयौंलाइ कालोमोसो दलिएको छ, तस्कर र फटाहाहरुलाइ कार्बाही भएको छ । यसमा कहाँ दोस छ , नेकपा नेता कार्यकर्ता र जनताको रु अनि फेरि किन दमन रु हो अहिले नेकपाको नेतृत्वमा जनताहरु प्रतिरोध गर्न जुर्मुराएका छन । यसले दलाल तस्कर र फटाहाहरुको चैन बिगृएको छ । उनिहरुलाइ आनन्द आएको छैन, उनिहरुको लुटले खडागरेको स्वर्गमा ग्रहण लाग्न पुगेको छ । जसकारण चोर सरकार सत्ताको दुरुपयोग गरेर तिनै भ्रस्टहरुको सुरक्षा र सेवाभाबमा लागेको छ । यीनै कुराहरुबाट स्पस्ट हुन्छ सरकार भ्रस्ट र तस्करहरुको हो । नेकपा जनताहरुको हो ।
समाज दुई कित्तामा बाडिंएको छ । जनताहरु दलाल तस्कर र माफियाहरुको लुटखसोट बिरुद्ध आन्दोलित हुन पुगेका छन । चौतर्फी बिद्रोहको वातावरण बन्दै गएको छ । जनताहरुले जंही तंही सरकारि अत्यचार र जनता र रास्ट्रको हित बिरुद्धको सरकारी रबैयाको आलोचना गरिरहेका छन । स्पस्ट दुइओटा कित्ता बनेको छ, जनताहरु एकतर्फी छन यहाँ गरिब किसान सुकुम्बासी मजदुर दलित बिधार्थी युवा कर्मचारी सुरक्षाकर्मी पत्रकार लगायत बिभिन्न पेशामा आबद्द सबै उत्पिडित हरु छ्न । आफ्नो जिवनमा आएको समस्याहरुको मुख्य कारण ब्यवस्था र सरकारलाइ देखेपछी हरेक नागरिक यो चोर सरकारको बिरोधमा छ । अर्को तर्फ यो सरकार राज्यको साधन श्रोतको दुरुपयोग गरेर जनदमन गर्ने सोचमा छ । नेकपाका केही नेता कार्यकर्तालाई मार्ने, जनतामा आंतक पैदा गर्ने र बिद्रोह दबाउने योजनामा सरकार छ । र राज्यको दमन बिरुद्ध एकपटक सबै नेपालिले प्रतिरोध संघर्षमा होमिनुपर्ने स्थिती बनेको छ । यसले एउटा भयानक युद्धको चित्र बनेको प्रतीत हुन्छ । रास्ट्र र जनतालाइ दलालहरुको पंजाबाट मुक्त गर्न जनतासंग अर्को बिकल्पपनी छैन । जनता यसरी बांच्न सक्दैनन । राज्यको जनदमन र जनताहरुमा आएको सरकार प्रतिको घृणाभाबले निकट भविस्यमै प्रतिरोध युद्धहुने कुरामा कुनै संका छैन । यधपी यो संबेदनहिन, चोर, तस्कर र निर्लज्ज सरकार र सत्ता संचालकहरु भाविदिनमा पैदाहुने भयानक प्रतिरोध प्रति गम्भीर बन्न र सुध्रन जरुरी छ ।
नेपालि जनता राज्य दमनको बिरुद्ध जस्तो सुकै प्रतिरोध गर्न सक्षम छन भन्ने उदाहरण १० बर्से जनयुद्धलाइ लिए पुग्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु