प्रतिबन्ध र प्रतिबाद – शोभाराम राना मगर ‘बिष्फोट ‘

२०७६ बैशाख ५ गते, बिहीबार

नेपाल कम्युनिस्ट पाटिलाई उस्तै नाम गरेको तर सत्तासिन पाटिले प्रतिबन्ध लगाउदै नेपाली आकाशमा दिनडाहादै कालो बादल लगाउदै निस्पट अँध्यारो बनाएर सुर्यको प्रकाशलाई प्रतिबन्ध लगाई आफ्नो कालो धन्धा मच्चाउन खोजिदै छ।तर पृथ्वीको आफ्नै चालको कारण पर्ने अँध्यारो रातमा त उज्यालो बनाउने हजारौं बैकल्पिक स्रोतहरु प्रयोग गर्न सकिन्छ भन्ने यो त दिउँसो हो कसरी हुन्छ अँध्यारो ? कस्ले रोक्न सक्छ पृथ्वीको चाल रोक्न ?
नेपाल लगायत बिश्वका लगात कुनै मुलुक छैन शोषण ,दमन,निरंकुशता ,उत्पीडन र प्रतिबन्धले समृद्धि ,बिकास ,अधिकार सम्पन्न र स्थिर शान्ति प्राप्त गरेको अनि लामो समय टिकेको ऎतिहास चिनमा चाङकाईसेको शासन नटिकेको ,रुसमा जारसाहिको शासन नटिकेको जस्ता थुप्रै नजिर छन । भने नेपालमा पनि जाँहानिया राना शासन ,पन्चायतिय शासन ,निरंकुश राजतन्त्रात्मक शासन टिकेन अब पनि कम्युनिस्ट रुपि नबकांग्रेसिहरुको संसदीय व्यवस्था टिक्ने छैन । यसरी नेपाली ऎतिहास मात्र हेर्दा धेरै शासन व्यवस्थाका परिवर्तन गर्नुपर्यो किन ? विवाद ,बिद्रोह ,द्वन्द, युद्धहरुको किन जन्म हुन्छ ?नेपाली जनयुद्धमा हजारौं जनमुक्ति सेना एउटै बंकरमा किन मर्ने तयार भय ?के उनीहरुलाई मर्न रहर थियो ? कदापि थिएन तो त राज्यले गरेको अन्याय ,अत्याचार ,असमानताको विरुद्ध आफ्नो भाबी पुस्ताको लागि गरिएको ऐतिहासिक जिम्मेवारी र पहलकदमी थियो । चिनमा माओले आफ्नो जिम्मेवारि र पहल्कदमी नलिएको भए अहिलेको चीन हुने थिएन पहिलेकै बिदेशी हरुको अबैध सम्पत्ति लुकाउने चिन र गरिब चिन नै हुने थियो । राज्यले जस्तो रबैया मच्चाउन खोज्छ उस्तै परिमाण आउछ ।
बन्दुकले टिकेको शासन सत्ता बदल्न बन्दुक नै चाहिन्छ ।किनकि आफ्नो सत्ताको आयु टिकाउन जनतालाई बन्दुकले दमन गरेपछि त्यसको प्रतिबाद गर्ने बन्दुक नै चाहिन्छ ।यति मात्र फरक हो ।मालेमाबादी मार्गदर्शक सिद्धान्त को आधारमा बन्दुक उठाएको हो कि आवेगको आधारमा उठाएको हो संसदीय व्यवस्थाको हिमायती ठान्ने ने.का ले पटकपटक बन्दुक उठाएको थियो ०३३मा गिरिजाले हतियार प्रयोग गरेरै विमान अपहरण गरेका थिए यो बर्गिय मुक्तिको लागि नभई आवेगको आधारमा गरेका थिए त्यस्तै अहिलेका प्रम के.पि ओलिले पनि ०२८ सालमा झापा बिद्रोहको नाममा धर्म प्रशाद ढकाल जस्ता मानिसहरुको हतियारले नै हत्या गरेका थिए गाउघरमा सनत्रास मच्चाएका थिए तर वास्तविक वर्गीय मुक्तिकालागी नभई निश्चित व्यक्तिको निज स्वार्थका लागि गरेका थिए यसरी भनिरहदा त्यतिबेलाको समय फरक छ भन्ने कसैलाई लाग्न सक्छ , त्यसो हो भने त्यतिबेलाको बन्दुक बाट गोलि निस्किदैन थ्यो त?धर्मभक्त लाई मार्न के हतियार प्रयोग भएन?राजाले जेलमा कोच्न खोज्दा जनमुक्ति सेनाले बन्दुकले बचाएको होइन?अहिले वर्गीय मुक्ती भैसक्यो?सारमा समय परिवर्तन भय पनि गुणमा उस्तै छ !पहिले कै प्रश्नहरु अनउत्तरित छन्
सरकारले आफैले बनाएको संविधानको भाग ३ को धारा १७ को २ अनुसार बिना हातहतियार शान्तिपूर्ण सभा,सम्मेलन जस्ता कार्यक्रम गर्न पाइने अधिकार लाई कुल्चदै ने.क.पा निकट को सबै जसो कार्यक्रम हस्तक्षेप,दमन,निषेध गर्यो रोल्पाको माडी चौरमा हुन लागेको कार्यक्रममा प्रहरीहरुले अनन्तको गाउँमा कार्यक्रम गर्न नदिने माथिको आदेस छ भन्दै धरपकट गर्यो केहि समय अगाडि भनभनेमा भैरहेको कार्यक्रम बाटै D.C.S क. प्रयासलाई गिरफ्तार गर्यो त्यस्तै भावाङमा जनयुद्धको पहिलो घाइते मनमाया बाँठा लाई सम्मान कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्यो ०७५ फागुन १३ गते रुन्टिगडि गा.पा को अखिल (क्रान्तिकारी) को सम्मेलनमा प्रहरी हस्तक्षेप गरि स्वयं म शोभाराम राणा,गोबिन्द पुन लगायत ४ जनालाई गिरफ्तार गर्यो त्यस्तै देशका अन्य भुभागमा दबाब फासिबादी चरीत्र देखाउदै राज्यले गिरफ्तार,खानतलासी,जनतालाई ससंकित बनाउने काम गरिरहेको छ
प्रतिबन्धको प्रस्तापक गृहमन्त्री बादलले ५ न.प्रदेश लगायत केही प्रदेशहरु मा भ्रमण गरि आफ्नै केही बर्ष पहिलेका सहयोद्दा विप्लवलाई विध्वंसकारी गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाए ५ बर्ष पैला विप्लव सँगै हुँदा बादल कमरेडले त्रिचन्द्र कलेजको एक कार्यक्रममा k.p/p.k लाई सबैभन्दा बढी राष्ट्र घाती,नव संसोधन्बादी , साम्राज्यवादि,र आत्मसमर्पण बादी भएको भन्दै गाली गरेको मलाई अहिलै जस्तो लाग्छ कसरी सरकार यति छिटै पवित्र भयो?कसरी भए p.k/k.p राष्ट्र बादी? जनतालाई कहाँ आयो सान्ती,समृद्धि,बिकास ? संविधान सभाको बहिष्कारको लागि बिरोध गर्दा त्रिचन्द्र कलेज अगाडि बिरोध गर्दा तपाईंको टाउकोमा पुलिसको लाठी वर्जिदा कस्तो भएको थियो?यी सबै जिबनत र वास्तविकताको उत्तर दिएर मात्र प्रतिबन्ध लगाएको भय ठिक हुने थियो यो प्रतिबन्धले सरकार लाई अनउत्पादन र प्रतिबन्धित पार्टिलाई उत्पादित भएको छ
विध्वंसात्मक कार्य गरेको एन कानुन उलंघन गरेको कारण प्रतिबन्ध लगाएको भन्ने जुन छ त्यो त दस बर्षेको भावना.उदेश्य,लक्ष लाई निरन्तर अगाडी बढाउन खोज्दा विध्वंस हुने भय प्रचण्ड मण्डली ले के गरेका थिए?राष्ट्रघाती सन्धि सम्झौता नगर बहन्नु विध्वंस हो?गरिब जनतालाई करको गोलिले नहान भन्नू विध्वंस भयो? भ्रष्टाचारीलाई कारबाही गर्नु के विध्वंस हो?दलाली माफिया हरु लाई कारबाही गर्नु के विध्वंस हो? अर्बौं कर छली गर्ने एनसिएललाई कारबाही गर्नु के विध्वंस हो ? नोकरशाही पुजि,दलाल पुजि र बिदेशी पुजिको अन्त्य गर भन्नू,हजारौं व्यावहार द्वारा प्रमाणित कुनै पनि उत्पीडित नभएको सभ्य बर्ग रहित समान र वास्तविक सान्तिपुर्ण समाज वैज्ञानिक समाजवाद आएको समाज निर्माण गरौँ भन्नू पक्कै विध्वंस होइन , देशलाई विखण्डन गर्ने नागरिकता विधेयक पास नगर भान्नु नियम कानुन उलंघन होइन बरु सत्य यो हो कि त्यस्तो कुरिपी व्यवस्थामा तिमीहरू को कुनै ठाउँ हुँदैन त्यसैले त्यस्तो वैज्ञानिक व्यवस्था ल्याउन नदिन अनेकौं नाटकहरु मञ्चन गर्न खोज्नु तिमिहरु को बर्गिय सत्ता स्वभाव नै हो तर तिम्रो पतन निश्चित छ ।
अन्तमा वर्गसंघर्ष बिना वर्गीय मुक्ती असम्भव छ प्रतिबन्ध र दमनले क्रान्तिको ज्वाला झन झन दन्कन्छ साम्राज्यवादि र उत्तर साम्राज्यवादिहरुको आदेशले रास्ट्र स्वाधीन असम्भव छ! नोकरसाही पुजि, दलाल पुजि र बिदेशी पुजि रहेसम्म बिकास र समृद्धी असम्भव छ स्थाई सान्ती नपाए सम्म हत्याहिंसा बलात्कार अन्त्यको हावा मात्र हो २/४ जना नाथुराम नभय नेपाल रास्ट्र पनि सिक्किम झै बिखण्डण हुने निश्चित छ! धेरै बहुमतको धाक र घमण्ड नगरेहुन्छ कसरी प्रराप्त गरेको मत हो पुर्णतः हामिलाई पनि थाहा छ हिम्मत छ भने राजनिती निति कार्यक्रम अनुसार मात्र शुद्ध प्रतिस्पर्धा गरौं न, त्यसोगरियो भने तिम्रा पतन डाईनास्वर जस्तै हुने निश्चित छ! जति प्रतिबन्ध ,निषेध र बन्दुक द्वारा दमन गरिन्छ उति छिटो तिम्रो लुटको स्वर्ग एकीकृत जनक्रान्ति द्वारा लाईने बैज्ञानिक समाजबादमा ध्वस्त निश्चित छ ।
– लेखक: अखिल क्रान्तिकारी रोल्पाका जिल्ला अध्यक्ष हुन्

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु