प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

२०७४ भाद्र १८ गते, आईतवार

काठमाडौं, १८ भदौ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौंको वनस्थलीबाट ठूलो मात्रामा प्रतिबन्धित भारतीय नोट बरामद गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा ६८ लाख २० हजार रुपैयाँ बराबरका पुराना भारतीय नोट बरामद गरेको हो । भारत सरकारले प्रतिबन्ध लगाएका १ हजार र ५ सय दरका पुराना नोट बरामद गरिएको प्रहरीले जनाएको छ । प्रतिबन्धित भारतीय नोटसहित प्रहरीले २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्रबहादुर धानुकले जानकारी दिए । पक्राउ पर्नेमा बाँके कोहलपुरकी कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारी रहेका छन् । पुरानो नोटका कारोबारीले साट्नका लागी उनीहरु दुई जनालाई रकम दिएर पठाएका बेला प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना रकमका मालिक भने हैनन् । उनीहरुलाई अन्य कुनै व्यक्तिले रकम साट्न पठाएको अवस्थामा पक्राउ परेका हुन् । उक्त रकम नेपाल भित्र्याउने कार्यमा संलग्न रहेकाहरुको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु