प्रतिबन्धबिरुद्ध प्रदर्शन

२०७६ जेष्ठ ७ गते, मंगलवार

काठमाडौं, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टी राेल्पाले प्रतिबन्धकाे घेरा ताेड्दै एकैचोटि ४ ठाउँमा प्रदर्शन गरेको छ । अाफ्नाे पार्टीलाई लगाएको प्रतिबन्धकाे विरोध, पार्टीका केन्द्रीय सदस्य अादर्श, जिल्ला इन्चार्ज प्रताप, जनसत्ताका विश्व लगायत गिरफ्तार नेताकार्यकर्ताहरुकाे रिहाइ र २ वटा नागरिकता भएका गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीलाई कारबाहीको माग गर्दै राेल्पाका विभिन्न ४ ठाउँमा विरोध प्रदर्शन गरिएको हो ।
गंगादेव गाउँपालिकाकाे मछाइने डाडा पाखापानीमा भएको कार्यक्रममा राप्ती ब्युरो सदस्य सुन्दर वलीले सम्बाेधन, रातामाटा विद्यालय पाखापानीमा भएको कार्यक्रममा गंगादेव गाउँपालिका सेक्रेटरी टाेप बहादुर डाङी किमले सम्बाेधन, घाेप्टे अाेडार जिनाबाङ, नाउली विद्यालय जिनाबाङमा भएको कार्यक्रममा गंगादेव गाउँपालिका इन्चार्ज सन्दीप लगायतले सम्बाेधन गर्नुभएको थियो । कार्यक्रममा बाेल्दै वक्ताहरुले राष्ट्रघाती, दलाल भ्रष्टहरुलाई प्रतिबन्ध लगाउनुकाे सट्टा जसले राष्ट्रघात गर्नुहुँदैन, भ्रष्टाचार गर्नुहुँदैन, अाफूले बनाएको कानुन सही ढंगले पालना गर भन्ने मान्छेहरूलाई प्रतिबन्ध लगाउनु बिडम्बना भएको बताए । वक्ताहरूले गिरफ्तार नेताकार्यकर्ताहरु रिहाइ नगरिए सशक्त अान्दाेलन गर्ने र २ वटा नागरिकता लिएका गाउँपालिका अध्यक्षलाई राज्यले कारबाही नगरे ने.क.पा. ले गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार