प्रचण्ड सरकारद्वारा नेकपाको शान्तिपूर्ण कार्यक्रममा बन्देज

२०७४ बैशाख ५ गते, मंगलवार

काठमाडौं, ५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले नेकपाको शान्तिपूर्ण कार्यक्रममा बन्देज लगाएको छ । यसैक्रममा आज नेपाल कम्युनिस्ट पार्टीले देशका बिभिन्न ठाउमा आयोजना गरेको ‘एकीकृत जनजागरण तथा प्रतिरोध’ अभियानमाथि प्रहरी दमन गरेको छ । सरकारले कञ्चनपुरमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जनसभाको लागि तयार गरेको मञ्च तोडफोड गर्नुको साथै कार्यक्रमस्थल प्रहरीले विहानैबाट नियन्त्रणमा लिएको थियो ।
यसैगरी , बुटवलमा हजारौं जनताको उपस्थितिमा भएको कार्यक्रममा प्रहरीले बल प्रयोग गर्न खोजेपनि जनताको विशाल उपस्थितिका कारण असफल पार्न सकेन । सो कार्यक्रमा पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले संवोधन गरेका थिए ।
यसैबीच , उपत्यकाअन्तर्गत काठमाडौं र ललितपुरमा भएको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । ललितपुरबाट कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नविन विश्वकर्मासहित १८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौंको नार्गजुन नगरपालिकाअन्तर्गत रानीबन बुद्धचोकमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले प्रयोग गर्ने गरेको झण्डा, व्यानर र माइकलाई प्रहरीले खोसेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु