प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

२०७३ श्रावण १४ गते, शुक्रबार

काठमाडौंँ, १४ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत वु चुन्ताईबीच भेटवार्ता भएको छ । प्रचण्डको निवास लाजिम्पाटमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, नेपाल चीन सम्बन्धका विभिन्न आयामबारे कुराकानी भएको बताइएको छ । भेटमा प्रचण्डले वर्तमान राजनीतिक घटना क्रमबारे प्रष्ट्याउँदै अब केही दिनभित्र आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने विश्वास व्यक्त गरेको बुझिएको छ ।
उनले आफ्नो नेतृत्वमा अब बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता एवम् शान्ति, पुनःनिर्माण र विकासलाई तीव्रताका साथ आगाडि बढाउने बताएको प्रचण्डको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उक्त भेटका क्रममा राजदूत चुन्ताईले अब बन्ने सरकारलाई चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने बताएको र उनले अब बन्ने सरकारमार्फत नेपालको विकासको निम्ति चिनियाँ सरकारको पूर्ण साथ, सहयोग र समर्थन रहने उल्लेख गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु